Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

आइएनएफ मुगुद्धारा सामाजिक लेखापरिक्षण



मुगु संसार न्यूज । मुगुमा संचालित राष्ट्रियस्तरको एक गैसस आइ एन एफ नेपाल मुगु शाखाले आर्थिक बर्ष २०७८/२०७९ मा संचालित बार्षिक कार्यक्रमहरुको समुदायमै सामाजिक लेखा परिक्षण गरेको छ ।

बार्षिक रुपमा संचालित कार्यक्रमको पारदर्शिता उत्तरदायित्व र जवाफदेहिताको निम्ति आइएनएफले हरेक बर्ष समुदायमा बार्षिक सामाजिक लेखा परिक्षण गर्दै आएको परियोजना संयोजक जुवारीलाल कार्कीले बताए । कर्मचारी तलब र कार्यक्रम गरि बर्षमा २ करोड बजेट खर्च हुने गरेको परियोजना संयोजक कार्कीको भनाई छ ।

May be an image of 12 people, people standing and outdoors

यो पटक सोरुकोट, धैनकोट र सिपमा आइ एन एफ नेपाल मुगुले सरोकारवाला ब्यक्तिको सहभागीतामा सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । सोरु गाउँपालिकाको वडानं.६, ७, ८, १० र ११ वडामा संचालित (वाइफोएम) युवाको लागि आर्थिक शसक्तिकरण र (आइडिइएल) समाबेशी बिकास शसक्तिकण र जीविकोपार्जन अन्र्तगत यो चालु आर्थिक बर्षमा संचालित कार्यक्रमको सामाजिक लेखा परिक्षण गरिएको परियोजनाकी क्षमता बिकास अधिकृत सारदा हितानले जानकारी गराइन् । यसबाट ६१ वटा समुह र १२ सय ६१ घरधुरी लाभान्वित भएको उनी बताउँछिन् ।

लाभान्वित बर्ग सरोकारवाला निकाय जनप्रतिनिधि र राजनीतिक दलको राहेबहरमा आइएनएफ नेपाल मुगुले समुदायमै सामाजिक लेखा परिक्षण गर्ने गरेको उनको भनाई छ । संचारकर्मीको सहजीकरणमा लेखा परिक्षण गर्ने गरिएको सारदा बताउछिन् । उक्त सामाजिक लेखा परिक्षणमा आइ एनएफ नेपाल मुगुका टिम लिडरले बर्षभरि संचालित कार्यक्रम र बजेट बारे बिस्तृत रुपमा प्रस्तुतिकरण गरेका छन् ।

प्रस्तुतिकरणपछि आधा घण्टा सरोकारवाला र लाभान्वित बर्ग बीच सवाल जवाफ समेत गर्ने गरिएको सहायक परियोजना अधिकृत रचना खडकाले जानकारी गराइन् । सवाल जवाफले संस्थालाई झन सिकाइ हुने उनको भनाई छ । आइएनएफले गरिव बिपन्न पछि पारिएका बर्ग अपाङ्गलाई बिशेष प्राथमिता दिएर जीविकोपार्जनका कार्यक्रम संचालन गर्ने गरेको छ । समुदायको मागमा आधारित रहि आइ एन एफ नेपाल मुगुले कार्यक्रम क्षेत्रमा सहकारी दर्ता, ढाकी ओखल निर्माण, नमुना तरकारी खेती, स्याउ फर्म, प्याज, लसुन, अदुवा खेती संगै मौरी पालन, बाख्रापालन आरन समेत दिने गरेको छ ।

May be an image of 13 people, people standing, tree and grass

आइ एन एफको कार्यक्रमप्रति लक्षित बर्ग धेरै खुशी रहेको पाइएको छ । ‘हामी आइ एन एफको कार्यक्रम प्रति धेरै खुशी छौ गिलाहा गाउँकी कन्न देबि बमले भनिन् माग अनुसार हामीले कार्यक्रम पाएका छौ । आइ एन एफले हामीलाई बोल्न लेख्न बैठक बस्न निर्णय गरेर कार्यक्रम माग्न समेत सिकाएको छ,’ उनी भन्छिन् ।

त्यस्तै धैनकोटकी बिमला जैसीले पनि सरकारका कार्यक्रम आफुहरुले पाउन नसकेका बेला आइएनएफले जे माग्यो त्यही दिने गरेका तथा संस्था पुरुष भन्दा महिलाका लागि आयआर्जनको बाटोमा अघि बढन थालेको बताउछीन् ।

सोरुकोट दलित बस्तीकी गहुँकला लुवारले भनिन्– आइएनएफले हाम्रो जीवन सुधारको लागि तरकारी खेती दिएको छ । बारीमा साग, खुर्सानी, भेण्टा फर्सि फलाएर सोरुकोट बजारमा बिक्री गर्ने गरिएको उनको भनाई छ । बर्षा हिमपातलाई मध्यनजर गरि महिलालाई धान चिनु, कागुनो कुटानी पिसानी सहजको लागि आइएनएफले सोरुकोट, रोकायाबाडा, बन्जाह, लगायत बस्तीमा ढाकी ओखल दिएपछि महिला हर्षित भएका छन् । ’

सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले आइएनएफले सोरुकोट दलित बस्तीमा संचालन गरेको तरकारी खेतीको प्रसंसा गर्दै दिगो रुपमा तरकारी खेती संचालन गर्न समुदायबीच आग्रह गरे ।

उत्पादित बस्तु बजारसम्म पु¥याएर बेचबिखनमा सहजीकरण गरि दिन आग्रह गरे भने जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले समुदायको माग बमोजिम आइएनएफ नेपाल मुगुले उपलब्ध गराएको आयआर्जनका कार्यक्रम धेरै राम्रो र प्रभावकारी देखिएको बताए ।

‘म आफै कार्यक्रम लागु गरिएको क्षेत्रमा खटिएर अनुगमन गर्दा आइएनएफले दिएको कार्यक्रम प्रति समुदाय खुशी छन् । ढीकी, ओखल अदुवा, लसुन प्याज तरकारी खेती समुदायको लागि प्रभावकारी छन् ।’ उनले भने ।

आइ एन एफ नेपाल मुगुमा २०५८ साल साविकको श्रीनगर र कार्कीबाडा गाविसबाट कार्यक्रम लागु भएको हो । नेपालमा सन २००९ देखि आइ एन एफले कार्यक्रम प्रारम्भ गरेको हो ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता