back

मन्त्री फेरबदलको चर्चा : के गर्छ माओवादी केन्द्रले ?

वि.सं.२०७९ असार १४ मंगलवार

129 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागि मन्त्रीहरु फेरबदल गरेसँगै सत्ता साझेदार दलहरु भित्र पनि मन्त्री फेरबदलको चर्चा चल्न थालेको छ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा)ले फेरबदल गर्ने निर्णय नै गरेको छ भने माओवादी केन्द्र र कांग्रेसभित्र पनि चर्चाको विषय बनिरहेको छ ।

जसपाले सबै मन्त्री फेर्ने तयारी गरेको छ भने माओवादी र कांग्रेसभित्र सीमित मन्त्रीहरु फेर्नेबारे चर्चा भइरहेको छ । विशेषतः माओवादी केन्द्रभित्र असफल देखिएका केही मन्त्रीहरु फेर्ने चर्चा छ । एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरे लगत्तै माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले आफ्नो पार्टीभित्र पनि मन्त्री फेर्ने चर्चा भइरहेको बताएका थिए । अर्थमन्त्री जनार्दन शर्मालाई लक्षित गर्दै पुनले असफल देखिएका केही मन्त्रीलाई फिर्ता बोलाउने विषयमा छलफल भएको बताएका थिए ।

तर, माओवादी केन्द्रभित्र मन्त्री फेरबदलको विषयमा औपचारिक रुपमा छलफल भने हुन सकेको छैन । प्रदेश र संघीय निर्वाचन नजिकिएको हुँदा माओवादीभित्र मन्त्री फेर्ने विषयले प्राथमिकता नपाएको बुझिएको छ ।

माओवादी केन्द्रका नेता दिनानाथ शर्माका अनुसार मन्त्री फर्ने विषय अहिले माओवादीभित्र छलफलको एजेण्डा नै बन्न सकेको छैन । शर्माले भनेका छन्, “१९ असारमा बस्ने केन्द्रीय समिति बैठकमा कसैले कुरा उठाए भने बेग्लै कुरा हो । नत्र अहिलेसम्म मन्त्री फिर्ता बोलाउने विषयमा कुरा भएकै छैन ।”

उनका अनुसार धेरै नेताहरु मन्त्री फेरबदल गर्ने पक्षमा छैनन् । “दुई महिना मन्त्रालयका बारेमा बुझ्न नै समय लाग्छ, अर्को दुई महिना एजेण्डा बनाउन नै समय लाग्छ”, उनले भनेका छन्, “६/६ महिनामा मन्त्री फेर्दा काम गर्न पाउँदैनन् । यसर्थ, निर्धारित कार्यकालभर मन्त्रीलाई काम गर्न दिनुपर्छ । माओवादीमा धेरै नेताहरुको बुझाई त्यहि छ ।”

मन्त्री फेरबदल गर्दा जनतामा राम्रो सन्देश नजाने उनको भनाई छ । बरु मन्त्रीहरुलाई सही निर्देशन र सहयोगको खाँचो रहेको उनले बताए ।

वि.सं.२०७९ असार १४ मंगलवार १५:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

बगानमै कुचो छाड्न बाध्य भए किसान

बगानमै कुचो छाड्न बाध्य भए किसान

फिक्कल (इलाम) । कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि...