Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

श्रीमती र छोरालाई नै किन केन्द्रीय कमिटी समेट्नुपर्याे ? वामदेवले दिए यस्ताे जवाफ



काठमाडौं । नेकपा राष्ट्रिय एकता पार्टी (प्रस्तावित) का संयोजक वामदेव गौतमले आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट आन्दोलनको परिणम भएको बताएका छन् । पार्टी घोषणा कार्यक्रममा उनले आफ्नै श्रीमती र छोरा मात्रै भएर केन्द्रीय सदस्य नभएको दाबी गरे ।

‘दुबै आरोप सत्य होइन । पार्टीमा हुनुहुन्छ मेरो श्रीमती र छोरा । तर मेरो परिवार कम्युनिष्ट आन्दोलनमा छ’, उनले भनेका छन्, ‘मेरो, आमा, भाइबैनी सबै जति छन् मेरा सन्तान ती सबै आन्दोलनमा लागेका छन् । आज होइन कठिन परिस्थितिमा आन्दोलनमा थिए ।’

कार्यक्रममा उनले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीले धेरै ठूला नेता जन्माएको पनि बताए । साथै, आफ्नै सक्रियतामा निकै ठूला ठूला राजनीतिक परिवर्तन ल्याएको दाबी गरे ।

आफू ७ वर्षको उमेरदेखि कम्युनिस्ट आन्दोलनमा समाहित गरेको भन्दै उनले आज ७३ वर्ष हुँदा पनि कम्युनिस्ट आन्दोलनको विकासकै लागि लागेकाले पदलोलुपताको आरोप लगाइनु गलत भएको बताए ।

‘म व्यक्तिगत इच्छा पुरा गर्न छाडेर कम्युनिस्ट आन्दोलनको विकासका लागि पूर्णकालीन भएर भूमिगत हिँडेको थिएँ’, उनले भने, ‘कठिन परिस्थितिमा पार्टी निर्माण गरेको छु । मैले पार्टीको जग हालेको ठाउँमा धेरै ठूला नेता पैदा हुनुभएको छ । गण्डकीभन्दा पश्चिममा मैले   जिम्मेवारीमा रहँदा नयाँ क्रान्तिकारी वा त्यसबेलाको नेकपा मालेको जग हालिएको थियो । मैले कुनै कम्पनी खोलेर, कुनै व्यवसाय गरेर आफ्नो व्यक्तिगत लाभ पुरा गर्न आफूलाई लगाएको छैन ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको