Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

नागरिकता वितरणमा कठोर नीति अवलम्बन गर्न भन्दै खनालले दिए यस्तो सुझाव



काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर विभिन्न विरोधहरु सार्वजनिक भएका छन् ।

यस विषयलाई लिएर पेशागत महासंघ नेपालका संयोजक प्रेमल कुमार खनालले नागरिकता वितरणमा कठोर नीति अवलम्बन गर्नुपर्ने भन्दै सुझाव दिएका छन् ।

यस्तो छ खनालको सुझाव
नेपालमा विदेशी नागरिकलाई भटाभट नागरिकता दिने र विगतमा किर्ते जालसाजी गरेर नागरिकता दिने÷ लिनेको छानवीन नगरि/रद्व नगरिकन यसरी नागरिकता प्राप्त सन्तानका छोराछोरीलाई बंशजको नागरिकता दिने र विदेशी भान्जा भान्जीले पनि नागरिकता पाउने खालको नागरिकता वितरण सम्बन्धि संविधान ,कानुनका कारण आज देशमा वास्तविक नेपाली अझ तराईका आदिवासी जनताको राजनीतिक ,आर्थिक,सामाजिक अधिकार कुण्ठित हुदैछ ।

विदेशीहरुको नेपाल आगमन बढदो छ, जनसंख्या बढदो छ । खुल्ला सिमाना छ । विदेशी नागरिकहरुको नेपाल वेरोकटोक नेपाल आगमन भएको छ र यहाँ वसेका आधारमा नागरिकता पाई हाल्ने नीतिका कारण जनसंख्यामा अतिक्रमण (Population Encroachment) हुदैछ । मधेस तराईमा यसैका कारण जनसंख्या बढदैछ । यसले गर्दा प्रकारान्तरले नेपाल फिजिकरणको दिशामा जादैछ । यसले देशको राष्ट्रियतामा गंभीर प्रकारको चुनौती खडा गर्दैछ ।
अतः देशलाई बचाउन नागरिकता वितरणमा कठोर नीति अवलम्बन गरौ ।

१) विगतमा जथाभावी रुपमा वितरण गरिएको नागरिकताको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरौ । वास्तविक नेपाली नागरिक भए यहीँ आयोगको शिफारिसमा अङ्गीकृत नागरिकता वितरण गर्ने नीति अवलम्बन गरौ ।
२) संविधानमा नागरिकता वितरण सम्बन्धि व्यवस्था त्रुटिपूर्ण छ । यसका लागि नेपालको भूराजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको सूक्ष्म ढंगबाट विश्लेषण गरि नेपालको सार्वभौमिकता ,राष्ट्रियता र अखण्डताको रक्षा गर्न राज्यले कठोर नागरिकता वितरण सम्बन्धि नीति अवलम्बन गर्न राष्ट्रिय नीति सुझाव आयोग गठन गरौ ।

३) नेपालमा आइ बसोवास गरेका विदेशी नागरिक र तिनका सन्तानलाई तत्काल नागरिकताको विकल्पमा नेपालमा वसोवास गरेको परिचयपत्र वितरण गरौ । यस्तो परिचयपत्रबाट विद्यालय, कलेजमा भर्ना हुन, बैंक खाता खोल्न, बत्ती,पानी धारा जडानका लागि आवेदन गर्न, चल अचल सम्पत्ति विक्रिवितरण गर्न पाउने गरि नीति नियम बनाएर नागरिकता सम्बन्धि जुन समस्या छ,यसलाई सधैंका लागि समाधान गरौ ।

४) खुल्ला सिमाना भएका कारण सीमा नाकामा नियन्त्रण गर्न विसं २००७÷२००८ सालमा झै पासपोर्ट वा परिचयपत्रका आधारमा मात्रै आवतजावत गर्ने व्यवस्था गरौ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको