Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

आज २७९८ नमुना परीक्षणमा ४४ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार पछिल्ला २४ घण्टामा गरिएको २,७९८ नमुना परीक्षणमा ४४ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमित निको भएका छन् । आज निको भएका १७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ४२६ रहेको छ ।

त्यस्तै कूल संक्रमित ९ लाख ७९ हजार ६०७ मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

त्यसैगरी हाल नेपालमा कोरोनाका २२९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा रहनेको संख्या २२३ रहेको छ भने संस्थागत आइसोलेशनमा ६ जना र आइसीयुमा २ जनाको उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३६ हजार ९९६ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

नेपालमा केही दिनयता कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएको छ ।

आज थप ४१ जनामा कोरोना संक्रमण, २० जना संक्रमणबाट मुक्त


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको