
मन्त्री पदबाट बिदाइ हुँदै गर्दा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिबार बेलुकीतिर एउटा लामो फेसबुक स्टाटस लेखेकी थिइन् । जसमा उनले फिलिपिन्समा महिलाहरुको हक अधिकारको आवाज उठाउने ‘ग्रैबियला महिला पार्टी’को बारेमा चर्चा गरेकी थिइन् । उनले उक्त पार्टीका बारेमा लेख्दै यसप्रति आफ्नो कुनै योजना नभएको तर, यसबारेमा चासो राख्नेहरुबीच छलफल गरौं भनेर सार्वजनिक गरेको बताएकी थिइन् । यो पंक्तिकारलाई लाग्यो, माननीय झाँक्रीले नेकपा (एकिकृत समाजवादी) पार्टी छाडेर महिलाहरुको हकअधिकारका लागि नेतृत्व गर्दै हुनुहुन्छ कि ? कुनै नयाँ पार्टीको योजना बनाएको हो कि ? किन कि, त्यतिबेला एकिकृत समाजवादी पार्टीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको थियो ।
निर्णय जेठ २२ गते नै गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको थिएन । प्रधानमन्त्रीले समाजवादीको उक्त निर्णयलाई अगाडि बढाउन चासो नदिएको आरोप अध्यक्ष माधव कुमार नेपालले लगाउँदै आएका थिए । अध्यक्ष नेपालले मन्त्रीहरुको राजीनामा आफुले खल्तीमा बोकेर हिँडिरहेको समेत सार्वजनिक कार्यक्रममा बताउँदै आएका थिए ।
भदौको पहिलो साता निर्वाचन आयोगमा दल दर्ताका लागि जाँदा अध्यक्ष नेपालको हात समातेर डोर्याएकी नेतृ झाँक्रीको खुबै चर्चा भएको थियो । त्यतिबेला पार्टीका धेरै युवा नेताले नेपालको साथ छाडेका बेला झाँक्रीले नेपाललाई साथ दिएर गुन लगाएको चर्चा चलेको थियो । तर, एकिकृत समाजवादी पार्टी दर्ता, तत्कालिन प्रधानमन्त्री केपी ओली शर्माको संसद विघटनको असंवैधानिक कदम, पाँच दलीय गठबन्धन र त्यसपछि पार्टीको सचिव पद हुँदै सहरी विकास मन्त्री बनेकी झाँक्रीको चर्चा दोस्रोपटक फेरि चुलियो । विद्यार्थी राजनीतिदेखि कम्युनिष्ट आन्दोलनमा खारिएर आएकी झाँक्री तथा गुल्मीको दुर्गम क्षेत्रबाट नेपाली राजनीतिमा उदाएकी झाँक्री जो जनताकी छोरी मन्त्रीको कुर्सीमा बस्न सफल भइन, कतिपयले उनी कम्युनिष्ट राजनीतिबाट खारिएर आएकी नेतृका रुपमा लिए भने लामो समय राजनीतिमा समर्पित झाँक्री मन्त्री हुने हक स्वतः रहेको चर्चा समेत गरे ।
मन्त्री बनेको केही दिनमै झाँक्री सडकमै उत्रिइन् । सडकका छेउ-छाउमा गिटी बालुवा राखेर घरधनीले सार्वजनिक बाटो प्रयोग गरेकोमा उनीहरुलाई हकारिन् अनि तत्काल हटाउन चेतावनी दिइन् भने उनका विरोधिहरुले ‘सचिव च्यापेर रिर्सोट पुगिन्, एकरातको बिल तीन लाख’ भन्ने शिर्षकमा समाचार छापेर उनीमाथि हिलो छ्याप्ने प्रयास पनि गरे । मन्त्री झाँक्रीले त्यसबारे स्पष्टीकरण दिँदै शहरी विकास मन्त्रालय मातहतको बागमतीको नदीको मुहानमा ड्याम अवलोकनमा पुगेको र त्यहाँ बसेको खर्च मन्त्रालयले नगरेको बताएकी थिइन् । अर्को पिर्के सलामीका कारण पनि उनी चर्चामा आइन् । हिँजो अन्य मन्त्रीले पिर्के सलामी लिँदा त्यसको विरोध गर्ने झाँक्रीले आफ् मन्त्री हुँदा भने त्यसलाई उनीहरुले गरेको सम्मान आफुुले इन्कार गर्ने नसकेको प्रतिक्रिया दिइन् । यस्तै यस्तै चर्चामा आइरहिन् झाँक्री ।
यो पंक्तिकारलाई पनि लागेको थियो नेतृत्वमा युवा पुगेपछि केही परिवर्तन भएरै छाड्छ । तर, पछिल्लो समयमा एकिकृत समाजवादीले पार्टीका अन्य नेताहरुलाई मन्त्रीको कोटा पु¥याउनका लागि सरकारमा रहेर जनतालाई प्रत्यक्ष असर गर्ने काममा लागिरहेका झाँक्रीलगायतका मन्त्रीहरुलाई पनि फिर्ता बोलायो । मन्त्री हुने बेलामा ६ महिनाभित्र फिर्ता हुनुपर्ने भनेर एग्रिमेन्ट गरिएको भएपनि जनताको काममा लागेका उनीहरुलाई केही समय काम गर्न दिनुपथ्र्यो भन्ने यो पंक्तिकारको भनाइ हो । जनताद्धारा चुनिएर आएका जनताका प्रतिनिधिहरुको काममा चित्त नबुझे यो भएन, त्यो सुधार गर्नुप¥यो, जनतालाई प्रत्यक्ष असर हुने काम गर्नुप¥यो भनेर निर्देशन दिनुपर्नेमा अध्यक्ष नेपालले उनीहरुले थालनी गरेका कामहरु पूरा गर्न नदिने तथा गोजीमै मन्त्रीहरुको राजीनामा बोकेर हिँडेको सार्वजनिक कार्यक्रममा बोल्नु सायद ठिक थिएन ।
यतिबेला निर्वतमान मन्त्रीज्यूलाई प्रश्न गर्न मन लाग्यो, कुनै स्टाटस नभएकी तथा श्रमजीवी पत्रकार कान्ति न्यौपानेकै कारण तपाईँले मन्त्री पद छाड्नुपरेको हो ? यदी त्यसो हो भने देश र जनताको नेता बन्ने र उनीहरुको हकहितमा काम गर्न सक्ने क्षमताको विकास तपाईँमा नभएको हो कि मन्त्रीज्यू ?
अन्ततः आइतबार माधव नेपालले मन्त्रीहरुलाई फिर्ता बोलाइ छाडे भने सोही दिन नै पार्टीका चार नेतालाई मन्त्रीमण्डलमा राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मन्त्रीमण्डल गठन गरे । सोही दिन झाँक्री र प्रेम आलेले पत्रकार सम्मेलन गरेरै मन्त्री पदबाट राजीनामा दिएर पार्टीलाई सहयोग गरेको बताए । तर, मन्त्रीपदबाट राजीनामा दिएसँगै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीको अस्वभाविक क्रियाकलापले उनलाई फाइदाभन्दा पनि धेरै हानी ग¥यो । राजनीतिमा त्याग गर्न तथा छिनेर जनतालाई दिन पछि पर्नुहुन्न भन्ने भनाइ विपरित झाँक्री गएको र पद छोड्नुपर्दा उनले डाँको छोडेर रोएको भन्दै सामाजिक सञ्जालमा उनको ट्रोल बनाइयो । झण्डै तीन दशक नेपाली राजीतिमा खारिएर नेपाली राजनीतिको उतार–चढाव भोग्दै आएकी झाँक्रीले आफुलाई यति कमजोर बनाउन हुन्थेन भन्ने पंक्ति पनि ठूलो छ ।
त्यति त भएकै थियो । तर, महिलाका हक अधिकारका लागि लड्नुपर्छ की भनेर फिलिपिन्सको ग्रैबियल महिला पार्टीको उदाहरण दिएकी झाँक्रीले अन्तिममा आफ्नो मन्त्रालयमा प्रेस हेर्ने कान्ति न्यौपाने नामकी पत्रकारको नियुक्ति, तलब, त्यसले आफुँमाथि परेका अप्ठेरा, पार्टी अध्यक्षको दबाबलगायतका बारेमा सामाजिक सञ्जालमा छरपष्ट बनाएर आफ्नो कमजोरी छरपष्ट पारिन् । यतिबेला निर्वतमान मन्त्रीज्यूलाई प्रश्न गर्न मन लाग्यो, कुनै स्टाटस नभएकी तथा श्रमजीवी पत्रकार कान्ति न्यौपानेकै कारण तपाईँले मन्त्री पद छाड्नुपरेको हो ? यदी त्यसो हो भने देश र जनताको नेता बन्ने र उनीहरुको हकहितमा काम गर्न सक्ने क्षमताको विकास तपाईँमा नभएको हो कि मन्त्रीज्यू ? यो त घरमा मन्त्रीको भान्से बसेकी एउटी महिलाले मन्त्रीका लागि मिठो खाना नपकाएपछि बाहिर सार्वजनिक गर्दै हिँडेको जस्तो कुरा भयो ।
हामीलाई त लागेको थियो तपाईँको लोकप्रिय काम देखेर इश्र्या गरेका देशी विदेशी शक्तिले तपाईँको पार्टीलाई माथि जान तथा तपाईँलाई जनताको प्रिय बनेर काम गर्न नदिने षडयन्त्रमा लागेका कारण तपाईँले मन्त्री पद छाड्नु पर्यो कि ? हुन त तपाईँमाथि परेका पीडा तथा आठ महिने मन्त्रीकालमा तपाईँले भोगेका कुराहरुको फेहरिस्त एउटा किताब नै बनेर आउँला तर, देशका युवाहरुको आशा लाग्दी नेतृ तपाईँ, पाँच दलीय गठबन्धनमा अह्म भूमिका खेलेको तपाईँको पार्टीमा एउटा श्रमजीवी पत्रकार कान्ति न्यौपानेका कारण यति ठूलो भूँइचालो आउँछ भने देश र जनताले अब तपाईँ र तपाईँको पार्टीबाट के आशा गर्ने ?