Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभाको अध्यक्षतामा कम्पनीका अध्यक्ष खेमराज लामिछानेले गरेका थिए । कम्पनीका अनुसार सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका विषयमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।

त्यसैगरी, मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको कम्पनीले जनाएको छ । साथै, सभाको समापन गर्दै अध्यक्ष लामिछानेले सभामा उपस्थित सम्पूर्ण शेयरधनीहरु तथा कर्मचारीहरुलाई धन्यवाद प्रदान गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता