
काठमाडौं । एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणासम्म रकम पाउने योजना ल्याएको छ । बैंकले सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको हो ।
उक्त योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहकलाई लक्षित गरि ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताहरुले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्ने बैंकले जनाएको छ ।
यसअघि बैंकको ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहक महानुभावहरुको अत्यन्त उत्साहजनक सहभागिता रहि आएको छ ।
बैंकले रेमिट्यान्स खाता खोल्ने ग्राहकलाई सबैभन्दा बढी व्याज दर दिने बैंकले जनाएको छ । त्यसपछि धेरै व्याज पाउनेमा व्यक्तिगत ग्राहक र संस्थागत ग्राहक रहेको बैंकले जनाएको छ । बैंकले समय तोकेर निश्चित समयमा २,३,४ हुदै क्रमशः १० गुणासम्म रकम फिर्ता पाउने जनाएको छ ।
यसअघि बैंकको ५ वर्षसम्म कुल रु. ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ सञ्चालनमा ल्याएको थियो ।
आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यस अघि लिएर आएको निक्षेप खाताहरूमा पाइने फाइदा भन्दा अझ बढी फाइदाहरु रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याइएको बैंकले जनाएको छ ।
बैंकले हाल ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।