
काठमाडौं । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । नेपाल प्रहरीका महानिरीक्षक नल प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा निर्वाचन मण्डलका संयोजक कृष्ण प्रसाद पराजुलीले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्षमा रामकृष्ण शर्मा ,बरिस्ठ उपाध्यक्ष लेखनाथ भट्टराई, उपाध्यक्ष मिना न्यौपाने, महासचिव टेकराज शर्मा, सचिव बलाराम काफ्ले, कोषाध्यक्ष शारदा देवी रेग्मी, बरिस्ठ सदस्य टुकलाल न्यौपाने, सदस्यहरु धर्मागत बस्याल, डिल्लीराम भट्टराई, हरि प्रसाद बस्याल, उषा प्रधान श्रेष्ठ, यादव प्रसाद सापकोटा, दीपक भुर्तेल, बिष्णु प्रसाद काफ्ले, दिनानाथ सापकोटा, अरुणा भुसाल तिवारी, नवराज आचार्य, गंगाधर बस्याल, बालकृष्ण पराजुली तथा लेखा समिति संयोजक माधव प्रसाद बस्याल, सदस्य सरस्वती काफ्ले र हिम शर्मा पौडेल सर्वसम्मत निर्वाचित भएका थिए ।
नेतृत्वमा सर्वसम्मत गराउन निर्वाचन मण्डल तथा सहजीकरण समितिले महत्वपूर्ण भुमिका निर्बाह गरेको थियो । कार्यक्रममा विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका पुर्ब उपप्रमुख गोमा देवी आचार्य, समाजसेवी तथा होटल एसोसिएसनका केन्द्रीय सदस्य गोपाल राना, गैरसरकारी संस्था महासंघ केन्द्रीय सदस्य तथा समाजका निबर्तमान लेखा समिति संयोजक गोबिन्द प्रसाद रेग्मी, तिलक प्रसाद न्यौपाने, बेल प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निर्वाचन मण्डल संयोजक कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रमको संचालन निर्वाचन मण्डल सदस्य तुलसी प्रसाद सापकोटाले थिए । यसैगरी उक्त कार्यक्रममा कार्यसमितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष रामकृष्ण शर्माले अबको कार्यकालमा संस्थालाई गुणात्मक रुपले अगाडि बढाउने बिचार व्यक्त गरे ।
यस अघि संस्थाले अघि सारेका कार्यक्रमहरु अन्तरगत संस्थाका आजीवन सदस्य तथा होटल व्यावसायी गोपाल रानाले रु एक लाखको अक्षयकोष स्थापना गरेको छ भने पर्बत आकस्मिक राहत कोषमा समेत बिभिन्न ब्याक्तिहरुले सहयोग रकम जम्मा गरिरहेका छन् । यस कार्यले रुपन्देहीमा रहने सम्पूर्ण पर्बतेलीहरुमा नयाँ आशा जगाएको छ ।