Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

घोडाबाट लडेर ८ बालबालिकाको मृत्यु



उलान बातोर । मङ्गोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ भने पाँच जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार देशको राष्ट्रिय प्रहरी एजेन्सीको विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ ।

घोडा दौड, धनुर्विद्या र कुस्ती खेल्ने मङ्गोलियाली राष्ट्रिय पर्व नादम नजिकिँदै गर्दा बाल जकीहरूको अधिकार र सुरक्षासम्बन्धी मुद्दाहरू उठिरहेका बेला प्रहरीको उक्त वक्तव्य सार्वजनिक भएको हो ।

युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदाको आधिकारिक पर्व बिदा भने जुलाई ११ देखि १५ सम्म मनाइन्छ । सन् २०२१८ मा मङ्गोलियाली सरकारले जाडोमा घोडा दौडमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

राष्ट्रिय नादम घोडा दौडको नियम अनुसार बाल जकीको न्यूनतम उमेर सात वर्ष तोकिएको छ । यद्यपि यो नियम देशमा वर्षभरि आयोजना हुने सबै घोडा दौडहरूमा भने लागू हुँदैन । सिन्ह्वा


-->

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन,

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण