
काठमाडौं । यती एयरलाईन्सले अब भाइबरबाटै पनि टिकट खरिद गर्न सक्ने सुविधा ल्याएको छ ।
कम्पनीले यसबारेमा जानकारी दिँदै अब कम्पनीको टिकट भाइरबरबाट पनि सजिलै लिन सकिने बताएको हो ।
कम्पनीद्धारा जारी सूचना अनुसार टिकट लिनको लागि यती एअरलाइन्सको भाइबर हटलाइन नम्बर ‘५–वटा–१० अर्थात् १०१०१०१०१०’ मा म्यासेज गर्न सकिनेछ ।
कम्पनीका अनुसार एयरलाईन्सको टिकट सहजताका लागि बिहीबार (असार १६ गते) बाट ‘भर्चुअल सेल्स काउन्टर’ व्यवस्था गरि सेवा सुरु गरिएको छ ।
कम्पनीद्धारा जारी सूचनामा भनिएको छ, ‘हाम्रो भर्चुअल काउन्टर बिहान ७ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म १२ घण्टा खुल्ला रहने छ, सो समयभित्र यात्रुहरुले ‘५–वटा–१०’ भाइबर नम्बरमा मेसेज पठाई आफूलाई आवश्यक परेको टिकटको लागि अनुरोध गर्न सक्नुहुनेछ ।’