Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

छथर गाउँपालिकाद्धारा २७१८ किसानको विवरण संकलन, केहीलाई परिचय पत्र वितरण



तेह्रथुम । तेह्रथुमको छथर गाउपालिकाले धान दिवसको अवसरमा किसान परिचय पत्र वितरण सुरू गरेको छ । किसानहरूको पर्व भएकाले गाउँपालिकाले डिजिटल किसान परिचय पत्र वितरण गरेको गाउपालिका कृषि शाखाले जनाएको छ ।

पालिकाको वडा नम्बर १ र २ मा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष सन्तोष तिगेला (सन्तविर लिम्बु) द्वारा औपचारिक रूपमा परिचय पत्र वितरण सुरू गरीएको पालिका प्रवक्ता राजन नेपालीले जानकारी दिएका छन् ।

No description available.

गाउँपालिकामा रहेका किसानहरूको घर–घरमा गई डिजिटल एप प्रयोग गरी २७१८ जना किसानहरूको विवरण संकलन गरी परिचय पत्र छापिएको छ ।

पालिकामा क्रमस सबै वडाहरूमा औपचारीक रूपमा वितरण गरीने योजना रहेको कृषि शाखाले बताएको छ । औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष तिगेलाले कृषि नै समृद्दीको आधार भएकाले उत्पादनमुखि कार्यक्रमलाई प्राथमिकताका साथ एक घर एक करेसाबारी कार्यक्रम, बाँझो जमिनमा उत्पादन कार्यक्रम, जस्ता निति कार्यक्रम र बजेट तयारी भई रहेको बताए ।

No description available.

गाउँपालिकाबाट कृषि सेवा प्रवाहमा किसान परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने र परिचयपत्रको आधारमा कृषि कार्यक्रम जोड्ने योजना रहेको अध्यक्ष तिगेलाले जानकारी दिए ।

No description available.

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता