Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी



मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन् ।

तुर्कमेनिस्तानमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुटिनले, “हामीले स्पष्ट र सटीक रूपमा बुझ्नुपर्छ – जबकि पहिले यहाँ कुनै खतरा थिएन तर यदि यहाँ सैन्य दस्ता र सैन्य पूर्वाधार तैनाथ गरिएको अवस्थामा रह्यो भने हामीले संयमित रूपमा जवाफ दिनुपर्छ भनेका छन् । यसै बीच पुटिनले स्वीडेन र फिनल्याण्ड नेटोमा सामेल हुँदा पनि रुसलाई चिन्ता नहुने बताएका छन् ।

“स्वीडेन र फिनल्याण्ड नाटोमा सामेल हुने कुरामा हामीलाई चिन्ता गर्ने कुनै कुरा छैन। यदि तिनीहरू सामेल हुन चाहन्छन् भने, कृपया हुँदा हन्छ,” पुटिनले थपे ।

स्वीडेन र फिनल्याण्ड औपचारिक रूपमा दशकौंदेखिको तटस्थताको अन्त्य गर्न र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)मा सामेल हुन तयार छन् जुन गठबन्धनको लागि ऐतिहासिक सफलता हो ।

सीएनएनका अनुसार टर्कीले मङ्गलबार आफ्नो जारी विरोधबाट पछि हट्दा नेटो ब्लकमा दुई राष्ट्रको प्रवेशको अवरोध भने हटेको छ ।

त्यो सफलता म्याड्रिडमा नेटो शिखर सम्मेलनको क्रममा आयो जुन पहिले नै इतिहासको सबैभन्दा परिणामकारी बैठकहरू मध्ये एक भएको छ ।

टर्कीले आफ्नो विरोध हटाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार आफ्नो टर्की समकक्षी रिसेप तैयप एर्दोगानलाई भेटघाटको शुरुमै धन्यवाद दिएका थिए ।

बाइडेनले एर्डोगानलाई भने, “फिनल्याण्ड र स्वीडेनको अवस्थालाई एकसाथ राखेर तपाईले के गर्नुभयो र युक्रेनबाट खाद्यान्न बाहिर निकाल्न तपाईले प्रयास गरिरहनुभएको सबै अविश्वसनीय कामका लागि म तपाईलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

युक्रेनबाट अनाज निर्यात गर्ने विषयमा टर्कीले रुससँग छलफल गरिरहेको छ । एर्डोगानले कूटनीतिक माध्यमले युक्रेनबाट अन्न बाहिर निकाल्न मद्दत गर्नेछ भन्ने आशा राखेको पनि सीएनएनले उल्लेख गरेको छ ।

“म प्रार्थना गर्दछु, हामीले कूटनीति मार्फत सन्तुलन पुनः स्थापित गर्न सक्षम हुनेछौं ताकि सकारात्मक परिणामहरू खेती गर्न सकियोस्, विशेष गरी अनाजको सन्दर्भमा,” एर्डोगानले बाइडेनलाई आग्रह गरेका छन् ।

यसैबीच, नेटो शिखर सम्मेलन मङ्गलबार म्याड्रिडमा शुरु भएको छ जसले पश्चिमी सैन्य गठबन्धनलाई मस्को विरुद्ध संयुक्त मोर्चा प्रदर्शन गर्न उद्दत गरेको छ ।

युक्रेन द्वन्द्वको बीचमा गठबन्धनको एकताको परीक्षण गर्ने विवादको अन्त्य गर्दै फिनल्याण्ड र स्वीडेनको नेटोमा सामेल हुनको लागि टर्कीले भीटो हटाएपछि यो शिखर सम्मेलन आयोजना गरिएको हो ।

यो सम्झौताले युरोपमा सुरक्षा गतिशीलतामा महत्त्वपूर्ण परिवर्तनको सङ्केत गरेको छ । योसँगै ना‘र्डिक देशहरूले सैन्य गठबन्धनमा प्रवेश गर्न आफ्नो दशकौं लामो तटस्थता त्यागेका छन् । एएनआई


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १