Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

युक्रा अमेरिकाको (डिएमभिपी) च्याप्टरको भेला तथा साकेला सम्पन्न



बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया) च्याप्टरको दोस्रो भेला सम्पन्न भएको छ ।संयुक्त राज्य अमेरिकाको मेरिल्याण्डमा हालै सम्पन्न अधिवेशनबाट चुनिएका पदाधिकारीहरु तथा लाइफ मेम्बरहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) का पूर्वसभापति, जनजाति महासंघ अमेरिका (फिप्ना)का पूर्व सल्लाहाकार, एनआरएनका पूर्वउपाध्यक्ष तथा हालका केन्द्रीय सल्लाहकार मिलन राईले साकेलाको शुभकामना दिँदै संस्थाको संरचनाको परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।

उनले सम्पूर्ण किरातहरु अझै एकृकित हुँदै मजबुत एकता निर्माण गर्नुपर्ने बताउँदै संस्थामा हुँदै आएका विगतका विभाजनहरुलाई सदाको लागि अन्त्य गरौँ भन्दै हिजो जे भयो त्यसबाट सिकेर पुनः त्यस्तो गल्ति दोहो¥याउनु नहुने बताए ।

No description available.

राईले चाडपर्व, संस्कार र संस्कृतिहरु किराँत राईहरुको पहिचानसंग जोडिएकाले यसको संरक्षण र सम्वर्धन गर्नु सबैको कर्तव्य र जिम्मेवारी भएको भन्दै त्यसका लागि एकजुट हुनुको विकल्प नभएको बताए ।

त्यसैगरी हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टरका अध्यक्ष ध्रुब कुंवरले साकेलाको शुभकामना दिँदै संस्थाका दोस्रो अधिवेशनबाट चुनिएका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

अध्यक्ष कुंवरले नेपाल र नेपालीहरुले मनाउने सबै चाडपर्वहरु सबै नेपालीहरुको भएकोले यथासम्भव सबै नेपालीहरुले सहकार्य गरेर सौहार्दपूर्ण ढंगले मनाउनु पर्नेमा जोड दिए । उनले आफुले नेतृत्व गरेको हामी नेपाली ग्लोबलले सबै नेपालीको चाडपर्व, संस्कार र संस्कृतिहरुको सम्वर्धन र संरक्षणका लागि तयार भएको बताए ।

No description available.

युक्राका केन्द्रीय उपाध्यक्ष केशव राम राईले साकेलाको शुभकामना दिँदै छिट्टै अमेरिकाका विभिन्न स्थानमा यहाँका राज्यसँग वार्ता गरेर साकेला थान स्थापना गर्ने बताउदै जुलाई १० मा न्युयोर्क राज्यमा हुने साकेलाको निम्तो समेत दिए ।

त्यस्तै, कार्यक्रममा युक्रा न्यूयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईले साकेलाको शुभकामना दिएकी थिइन् ।

युक्रा (डिएमभिपी) साकेला २०२२ कार्यक्रमको सभापतित्व डिएमभिपी च्याप्टरकी अध्यक्ष समिता राईले गरेकी थिइन् भने उपाध्यक्ष डा. भविराज राईले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रमका प्रमुख अथितिको रुपमा युक्राका केन्द्रीय समितिका उपाध्यक्ष कुसुम राई तथा विशेष अथितिका रुपमा नक्छुंग पदम चम्लिङ्ग, डा. सेर बहादुर लिम्बु, विष्णु देवान, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर, युक्रा न्युयोर्क च्याप्टर तथा कलाकार संघ अमेरिकाकी वरिष्ठ उपाध्यक्ष वसन्ती राई तथा पत्रकारद्वय सन्तोष राई र शान्ति राज राई थिए ।

No description available.

सो अवसरमा युक्राका केन्द्रीय उपाध्यक्ष केशव राम राईले बालबालिकाहरुलाई साकेला सिली सिकाएका थिए ।

विभिन्न संघ–संस्थाबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरिएको थियो।

डिएमभिपीको कार्यकारी समितिमा हाल अध्यक्ष समिता राई, उपाध्यक्षमा डा. भविराज राई, महासचिव सरिता राई र कोषाध्यक्षमा प्रितम राई रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा विवेक राई, रुरु राई र सुमी राइ र तथा सल्लाहाकारमा मिलन राई रहेका छन् ।

No description available.


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता