Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेकाे प्रधानमन्त्री देउवाकाे भनाइ



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सफतापूर्वक सम्पन्न भएको र आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए हुन् ।

प्रधानमन्त्री देउवाले भने, “संविधानसभाबाट संविधान जारी गरेपछि मुलुक सङ्घीय लोकतान्त्रिक व्यवस्थाबाट अघि बढिरहेको छ”, उनले भने, “स्थानीय तहको निर्वाचन भयरहित, स्वच्छ वातावरणमा सम्पन्न भएको छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।”

प्रधानमन्त्री देउवाले दिगो शान्ति र सुशासन कायम गर्नेतर्फ मुलुक अगाडि बढिरहेको बताए । उनले देशलाई विकसित बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले पूर्व सांसद मञ्चले दलीय राजनीति भन्दामाथि उठेर काम गरिरहेको र सरकारलाई समयसमयमा महत्वपूर्ण सल्लाह दिने गरेकोप्रति कृतज्ञता व्यक्त गरे । प्रधानमन्त्री देउवाले जनताबाट निर्वाचित जनप्रतिनिधि रहेको संसद्ले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता