Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

छन्द कविता : एक दृष्टि



दीनानाथ पोख्रेल, इलाम

छ कालो उपर्ना सबै चेत छोप्ने ।
लुकी दिन्छ आँखा बुझी झूट बोल्ने ।।
छ कोही कि मान्छे ? भनी खोज्न लागेँ ।
सबै वाक्कला नै बन्यो क्यै नबोल्ने ।।०१।।

तँ बाटो बता ए ! कतै देख्न पाइस् ?
भयो शून्यता यो धरा छोप्न लाइस् ।।
गरि कर्म खाने छ मान्छे चिनाऊँ ।
छ ह्वाङ्गै उज्यालो कहाँ खै लुकाइस् ।।०२।।

इसारा छ काफी सबै ज्ञान जोर्न ।
बसी लुक्न पाए नलागूँ म फोर्न ।।
छ यो सत्य आफैँ उठी बोल्छ कैले ?
छ मान्छे लुकेको सबै नेत्र फोर्न ।।०३।।

उदायो कि प्यारो कतै सत्य नौलो ।
सदा चेत जागोस् र खुल्थ्यो सुनौलो ।।
विवेकी भनेको सबै पूर्ण द्रष्टा ।
भए साथ सारा नहोला कि नौलो ?०४।।

धराधाम मेरो रुपौलो छ देश ।
चिनी यत्नले यो सजाऊँ अशेष ।।
कला कल्पनामा नराखेर लागौँ ।
सबै विश्व मानोस् यही हो विशेष ।।०५।।

चरीको छ गाना पिई त्यो मिठास ।
परी छन् हजारौँ सुधाझैँ गुराँस ।।
छ झर्ना झरेको घुमी देश हेर्ने ।
सबै सार पस्के कहाँ मर्छ प्यास ? ०६।।

म बोलूँ कलाको कहाँ टुट्छ तार ?
शिरैमा रमाए मिली शीत हार ।।
कला दिन्छु मान्छे सबै रम्दछौ कि ?
बिना अर्थ त्याग्छौ कि गर्छौ सुधार ?०७ ।।

अहो ! देश मेरो कहाँ छौ सुपुत्र ?
कुनै दुष्टको क्यै कुरामा नलत्र ।।
छ यस्तो बिलौना सुनी नित्य मान्छे ।।
नबोले उठी त्यो धराकै कुपुत्र ।।०८।।

छ माया गढेको बुझौँ देशलाई ।
भनी बोल्छु भन्दा कराएर भाइ ।।
न यो देश तेरो पुरानै थलो हो ।
उठायो दुवै चक्षु राता बनाई ।।०९।।

धराधाम तेरो न मेरो सबैको ।
छ आफू भुली जो सबैमा खुलेको ।।
अझै बुझ्न केही नराखेर दृष्टि ।
उठी कड्कँदै भन्छ कोको सबैको ? १०।।

पहाडी, मधेसी, हिमाली सबैको ।
धरा प्राण मान्ने छ जोजो उनैको ।।
सयौँ फूल फुल्ने छ यो देश माली ।
बनाएर टुक्रा नकाटौँ धरा यो ।।११।।

छन्द : भुजङ्गप्रयात

पोखरेलेको ‘मुटुभित्रको माटो’ कवितासङ्ग्रहबाट लिइएको


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता