Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता : राजदण्ड



बाबुराम न्यौपाने ‘उत्स’
दमक, झापा

सुनको आकर्षक राजदण्डमा
कसरी खिया लाग्यो
पित्तलमा जलप हुनुपर्छ
हेर्दा उस्तै तर गुणहीन ।

यही राजदण्डलाई गजो बनाएर
ढोलक ठोक्तै
जनतालाई पटाङ्गीनीमा भेलाहुने
उर्दी जारी गरियो–मध्येरात ।

भोका नाङ्गा पिलन्धरे जति
चौरमा बसे
मुकुटबिहिन मुर्कट्टाहरु
मञ्चको गद्दीमा आसिन भए
भेडाको ठूलै हूललाई
उल्लु बनाउन सकेकोमा
मुर्कट्टाहरु
गर्वले गजक्क भए ।

नाइके गर्जियो
भेडाहरु उपदेश र आदेश सुनेर
मख्ख थिए
अकस्मात चारैतिर कालोमैलो भएर
भयंकर हुरी आयो
मञ्च भग्नावशेषमा परिणत भयो
ज्यान बचाउन मुर्कुटाहरु
भेडाको बथानमा मिसिए ।

भेडाहरु आत्तिए
उनीहरूको भीडमा साच्चैका मुर्कट्टा थिए
सबैका टाउका थिएनन्
उज्यालो भईसकेको थियो
मुर्कुटाहरुलाई यति नजिकबाट
पहिलोपटक
नियाल्ने अवसर मिलेको थियो
सबकासब नाङ्गा थिए
शरीरमा धरोबस्त्र थिएन ।

भेडाहरुले मुर्कुटाको हातबाट
जबर्जस्ती राजदण्ड खोसे
गुणस्तर परिक्षणको लागि
जनअदालतको
नयाँ ल्याबमा लिएर गए ।

सर्बाङ्ग नाङ्गा मुर्कट्टाहरु
हातले संवेदनशील अङ्ग छोप्तै
छेउको भट्टीपसलतिर लागे ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता