
मुकेश रेग्मी, जागुन, असम
१.
हुन्छु झसङ्ग
कौरवी युद्ध
माटी प्रसङ्ग ।
२.
मासेर बन
मुर्खले मात्रै
थुपार्छ धन ।
३.
के बुझ्ला बोली
चरीको गीत
बन्दुके गोली ।
४.
बनको भलो
भाषण मात्रै
चल्छ बन्चरो ।
५.
भैगो नफुर्क
रुखियो माटो
बुझ्दैन धुर्त ।
६.
जङ्गली जीव
मास्दैनन् बन
जोगिन्छ बीज ।
७.
नाराको बन
चुनावी मेलो
नेताको धन ।
८.
रोक युरीया
बड़्दैन दूध
बाँच्छ दुनिया ?
९.
माटीनै ढुङ्गो
नचेते सम्म
लाग्दैन टुङ्गो ।
१०.
नैतिक शिक्षा
खोज्ने हो कहाँ
को देला दीक्षा ?