Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

मुक्तक



उषा केसी
ललितपुर मनपा १५, सातदोबाटो


समाजभित्रको सामाजिक बन्धन फुकाउ कसरी
बाँचुञ्जेल शत्रु बन्न आफ्नाको मन टुटाउ कसरी
समाजले हातखुट्टा बाधेर सधैं दौडन आदेश दिन्छ
निस्सासिदै मनको व्यथा नयनमा लुकाउ कसरी ।


मृत्युसँगै क–कसले के–के लान्छन् खै ?
पापीहरु देशै बेचेर कहाँ जान्छन् खै ?
स्वाभिमान र राष्ट्रियता कति सस्तो भयो
सधैं देशको टाउकोमा किन हान्छन् खै ?


गुण बैगुन जोखेर यात्रा सफल हुँदै हुँदैन
पत्थरको मुटु पग्लिएर कहिले रुँदै रुदैन
यात्रा सफल गर्नु छ भने गन्तव्य तय गरे
अनि यात्रामा आउने हुरीले मन छुँदै छुदैन ।


बा¥हमासे फूल झैं अब जताततै महङ्गी फूल्दैछ
दिमागलाई नै चोट पुराउन कालो बजार खुल्दैछ
झोलामा न्याय र रोजगार बोक्दै महंगीले सेकाउदै
जिम्मेवार पक्ष दिनमै निंदाको नाटक गर्दै झुल्दैछ ।


मृत्युसँगै क–कसले के–के लान्छन् खै ?
पापीहरु देशै बेचेर कहाँ जान्छन् खै ?
स्वाभिमान र राष्ट्रियता कति सस्तो भयो
सधैं देश को टाउकोमा किन हान्छन् खै ?

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता