Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

कविता : ए मेरो प्रिय जिन्दगी



जयप्रकाश यादव, भक्तपुर

ए मेरो प्रिय जिन्दगी ।
जब तिमी देखी अलग हुने कल्पना गर्छु
मनभरी फुलेका फूल अचानक काँडामा परिणत हुन्छ ।
अनि बेस्सरी मलाई घोचेको महसुस हुन्छ ।

भतभती पोल्न थाल्छ अनि मुटु
सारा शरिरबाट आत्मा अलग्गिए जस्तो लाग्छ
अनि सारा संसार अन्धकार लाग्छ
बाँच्ने कुनै आधार देखिदैन प्रिय !

ए मेरो प्रिय जिन्दगी तिमी कहिल्यै निराश नहुनु
तिमीमा निराशाको कालो बादल छाउँदा
मेरो मनपनि कालो बादलले घेरे जस्तो लाग्छ ।
त्यसैले तिमी कहिले पनि उदाशी नहुनु है ।।

तिमीले सधै मुस्कुराएर हाँस्नुपर्छ
हाम्रो त्यो बिगतका पलहरुलाई
मिठो मिठो सम्झना बनाएर बाँच्नुपर्छ
तिमीबाट धेरै टाढा हुनुपर्दा
म पनि त तड्पेर बाँचेको छु
छिट्टै मिलन हुने पर्खाइ मनभरी साचेको छु ।

तिमीसंग भौतिक रूपमा टाढा हुनु बाध्यता हो
तर मेरो आत्माको तार तिमीसंगै जोडिएको छ ।
बिगतका पलहरू र नयाँ पलहरुलाई सजाउनु पर्छ ।
त्यतिबेला संसारको सबै खुसी मिलेको अनुभुति हुनेछ
तिम्रो दुख :सुखको जिन्दगानी जयप्रकाश


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता