Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

अफ्रिकाका १२ देशमा मङ्कीपक्सबाट एक हजार ७८२ संक्रमित, ७३ जनाको मृत्यु



अदिस अबाबा, इथियोपिया । अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ ।

अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ बिरामीमध्ये १०४ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको र एक हजार ६७८ शङ्कास्पद सङ्क्रमित रहेका छन् ।

बेनिन, मोरक्को र दक्षिण अफ्रिका यस सङ्क्रमणको महामारी नदेखिएका मुलुक हुन् भने अन्य सदस्य राष्ट्रमा सङ्क्रमितको सङ्ख्या बढेको पाइएको छ ।

“दुःखको कुरा, मङ्कीपक्सको प्रकोपले गर्दा यस महादेशमा ७३ जनाको मृत्यु भएको छ र मृत्यु दर ४.१ प्रतिशत पुगेको छ,” सीडीसीका कार्यकारी निर्देशकले बताए ।

पहिले कुनै घटना नभएका देशहरू इथियोपिया, गिनी, लाइबेरिया, मोजाम्बिक, सिएरा लियोन, सुडान र युगान्डामा पनि सङ्क्रमित भेटिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सिन्ह्वा

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता