back

इरानमा १ वर्षमा २५१ जनालाई मृत्युदण्ड दिइयो

वि.सं.२०७९ असार १८ शनिवार

642 

shares

पेरिस । इरानमा सन् २०२२ को पहिलो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मृत्युदण्ड दोब्बरभन्दा बढी पुगेको इरानको एक गैरसरकारी संस्थाले शुक्रबार जानकारी गराएको छ ।

फाँसीको बढोत्तरी हुनुमा विरोधीहरूलाई त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको उक्त संस्थाले दावी गरेको छ ।

गत वर्षको पहिलो छ महिनामा ११७ जनालाई मृत्युदण्ड दिइएकोमा यो वर्षको जनवरी १ देखि जुन ३० सम्म इरानमा २५१ जनालाई फाँसी दिइएको नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर) को एक रिपोर्टमा बताएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत महिना मृत्युदण्डको वृद्धिप्रति चिन्ता व्यक्त गरेका थिए । इरानले उच्च सङ्ख्यामा लागुऔषध अपराधी र अल्पसङ्ख्यक जातीय दलका धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको थियो ।

इरानमा गत महिनाहरूमा खाद्यान्नलगायत आधारभूत आवश्यकताका सामग्रीमा मूल्य वृद्धि भएको भन्नेजस्ता आर्थिक गुनासोसँगै राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गरेको थियोे ।

आईएचआर संस्थापक महमूद अमिरी–मोघड्डमले एएफपीसँग भने, “बढ्दो लोकप्रिय शासन विरोधी प्रदर्शनको प्रतिरोध गर्न डर फैलाउनु यी मृत्युदण्डको मुख्य लक्ष्य हो भन्नेमा कुनै शङ्का छैन ।”

उनले भने, “मृत्युदण्डविरुद्धको सशक्त अन्तर्राष्ट्रिय प्रतिक्रिया र घरेलु अभियानले मात्रै अधिकारीलाई राजनीतिक बोध गराई मृत्युदण्डको बढ्दो प्रवृत्तिलाई रोक्न सक्छ ।”

मे ७ मा विरोध प्रदर्शनको नयाँ लहर सुरु भएदेखि नै १३७ जनालाई मृत्युदण्ड दिइएको उहाँले बताउनुभयो । मृत्युदण्ड पाएकाहरूमध्ये छ महिलासमेत रहेको आईएचआरले बताएको छ ।

आईएचआरका अनुसार बुधबार मात्रै तेहरानबाहिर रहेको राजै शाहर जेलमा बलात्कार र हत्या अभियोगमा आठ जना कैदीलाई मृत्युदण्ड दिइएको थियो । एएफपी

वि.सं.२०७९ असार १८ शनिवार १०:२७ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...