Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

रुस–युक्रेन युद्धका कारण बढेको मूल्य वृद्दिले लेवनानमा मानवीय सङ्कटको चेतावनी



जेनेभा । लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले लेबनानमा मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसङ्घका एक वरिष्ठ अधिकारीले शुक्रबार बताएका छन् । रूस युक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा अत्यधिक मूल्यवृद्धि भएको उनले बताए ।

उनले लेबनानको सङ्कटले देशभरका लाखौँ नागरिकलाई प्रभावित पारिरहेको बताए ।

लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक तथा मानवीय संयोजक नजात रोचडीले पत्रकार सम्मेलनमा भने, “युक्रेनी सङ्कटको प्रभावबाट लेबनानमा सामाजिक–आर्थिक मन्दी थप चर्किएको छ । यो मुख्यतः पाउरोटीको मूल्यमा भएको तीव्र वृद्धि र खाद्य सुरक्षालाई खतरामा पार्ने खालको रहेको देखिएको छ ।”

“हाम्रो हालैको मूल्याङ्कनअनुसार २२ लाख मानिसहरूलाई वर्षको अन्तसम्म खाद्य तथा अन्य आधारभूत आवश्यकताहरूको पहुँच सुरक्षित गर्न तत्काल सहयोगको आवश्यकता पर्दछ, जुन गत वर्षको तुलनामा ४६ प्रतिशत वृद्धि हो ।”

लेबनानको श्रम शक्तिको झन्डै एक तिहाइ बेरोजगार रहेको उनले बताए ।

सन् २०१८–२०१९ मा यहाँ रहेको बेरोजगारी दर ११।४ प्रतिशतबाट बढेर सन् २०२२ मा २९।६ प्रतिशत पुगेको छ ।सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता