Logo
२५ श्रावण २०७९, बुधबार
     Wed Aug 10 2022
E-paper
  English Edition
   Unicode
Logo

मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याउदै नगरपालिका



कञ्चनपुर । शहरी क्षेत्रलाई व्यवस्थापन गर्न शुक्लाफाँटा नगरपालिकाले मेट्रिक ठेगाना प्रणाली(मेट्रिक एड्रेसिङ सिस्टम) कार्यान्वयनमा ल्याउन लागेको छ । नगरपालिका क्षेत्रमा रहेका १० हजार ७२१ घरघुरीमध्ये पहिलो चरणमा चार हजार ८५० घरघुरीमा उक्त प्रणाली राख्ने कार्य सुरु गरिएको हो ।

एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत रु ९ लाख ५० हजार खर्चगरी नगरपालिकाको शहरी क्षेत्रमा सो प्रणाली कार्यान्वयनका लागि घर नम्बर राख्ने कार्य अगाडि बढाइएको हो ।

घर नम्बरसँगै सोही प्रणालीअन्तर्गत १२३ वटा सडकको नामाकरण गर्ने कार्यका लागि होर्डिङ बोर्ड राख्ने कार्यसमेत अगाडि बढाइएको नगरपालिकाका पूर्वाधार विकास तथा व्यवस्थापन शाखा प्रमुख दीपक धामीले बताए । “हाउस नम्बरिङ र रोड इन्फोरमेसन बोर्ड सिस्टम मेट्रिक मापन एकाइमा आधारित भएकाले वैज्ञानिक छ” उनले भने, “यस प्रणालीअन्तर्गत सडक पहिचान गरेर सडकको सुरु बिन्दुबाट नाप गरी कति मिटरमा घरको दैलो पर्ने हो सोही अनुसार नै घर नम्बर दिइन्छ ।” यसमा दायाँ-बायाँ क्रमशः जोर-विजोर नम्बर दिने गरिन्छ । बाटोको आमुन्ने-सामुन्ने वा दुईतर्फ पर्ने घर बराबर दूरीमा भए दायाँतिर जोर नम्बर र बायाँतिर विजोर नम्बर दिइने गरेको शाखा प्रमुख धामीले जानकारी दिए ।

शाखा प्रमुख धामीका अनुसार यस प्रणालीबाट घर तथा सडक पत्ता लगाउन सजिलो हुने भएकाले चिठ्ठीपत्र, अन्य सरसामान पु¥याउन सजिलो हुनाका साथै नगरपालिकाले उपलव्ध गराउने सेवा सुविधा दिन पनि निकै सहज हुन्छ । आपतकालिन अवस्थामा पनि घर नम्बरबाट तुरुन्तै घरको पहिचान हुने हुँदा चाहिएको दमकल, एम्बुलेन्स, ट्याक्सीलगायत सेवा तुरुन्त प्राप्त गर्न निकै सजिलो हुने देखिन्छ ।

“टेलिफोन सेवा, विद्युत, खानेपानीलगायत सेवा दिनसमेत यस प्रणालीले सहयोग गर्छ” शाखा प्रमुख धामीले भने, “प्रहरीलाई आवश्यक पर्दा व्यक्तिको घरमा पुग्न सजिलो हुन्छ ।” यो प्रणाली जडान भएका घरघुरी र सडकको डिजिटल नक्सा तयार गरी राखिने भएकाले गुगल म्यापका आधारमा घर पहिचान गर्न सकिने बताइएको छ ।

प्रविधिको विकाससँगै सबै सेवाहरु आधुनिक हुदै गएकाले यस प्रणालीलाई प्रविधिसँंग जोडेर नगरबासीलाई सहजरुपमा सेवा उपलव्ध गराउने उद्देश्यले कार्य अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । “पहिलो चरणमा नगरपालिकाको शहरी क्षेत्रका घरघुरी र सडकलाई समेटेका छौं” उनले भने, “दोश्रो चरणमा शहरोन्मुख क्षेत्र र ग्रामीण क्षेत्रलाई जोड दिने छौँ ।” यस प्रणालीमा घर नम्बर राख्ने कार्य मात्रै हुने नभएर पारिवारिक विवरण समेत राखिने भएको छ । यस प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर देशकै नमूना नगरपालिका रुपमा परिचित गराई सेवासुविधा नगरबासीको घर दैलोमै पुर्याउने नगरपालिकाको लक्ष्य छ । मेट्रिक ठेगाना प्रणाली नेपालमा दुई दशक अघिदेखि ठूला सहरहरुमा कार्यान्वयनमा आइसकेको छ ।रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको

काठमाडौं । बझाङको बुङगल नगरपालिका ९ रारुमा एकै परिवारका तीन आमाछोरा र छोरी झुण्डिएको

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १