Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

कावासोतीमा पर्वतेलीहरुको गतिबिधि बढ्दै



नवलपुर । नवलपुरको मुकाम कावासोतीमा पर्वतेलीहरुको गतिबिधि बढ्दै गएको छ । गत असार ४ गते पर्वतबाट आएर कावासोतीमा बसोबास गर्दै आएकाहरुको भेला सम्पन्न भएपछि संस्थागत गतिबिधिमा बढोत्तरी भएको हो ।

कावासोतीबासि पर्वतेलीहरुको सो प्रारम्भिक भेलाले कावासोती नगर स्तरीय तदर्थ समिति गठन गरेको थियो । कावासोती २ मा रहेको शिव सामुदायिक वको भवन परिसरमा सम्पन्न भेलाले गगनकुमार न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिती र झपेन्द्र स्वर भुसालको संयोजकत्वमा २१ सदस्यीय सल््लाहकार समिति गठन गरिएको हो ।

यसैगरी सो भेलाले युवा विभागको संयोजकमा कृष्ण भुसाल, महिला विभाग संयोजक पुस्पा बस्याल, सूचना प्रविधी विभाग राम काफ्ले, आर्थिक तथा वित्तीय व्यवस्थापन संयोजकमा यम न्यौपाने र वैदेशीक रोजगार विभाग प्रमुखमा रमाकान्त काफ्ललाई चयन गरेको छ ।

कावासोती नगरका कतिपय वडा तथा पदाधिकारी भुगोलको आधारमा परिपूर्ति हुने अध्यक्ष गगन न्यौपानेले बताए । गठन गरिएको तदर्थ समितिले विधान निर्माण गरि जिल्ला प्रशासनमा दर्ता गर्ने, वडा वडामा रहेका पर्वत मुल घर भएका व्यक्ती तथा संख्या पहिचान गरि तथ्यांक संकलन गर्ने तथा अधिवेशन गरेर आधिकारिक समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने योजना रहेको लायन्स क्लबअफ कावासोती सप्तरङ्गीका अध्यक्ष एवम कार्यक्रमका सहजकर्ता किरण भुर्तेलले जानकारी गराएका छन् ।

सो समाजको बैदेशिक मामिला प्रमुख रमाकान्त  काफलेका अनुसार समाजले पर्वतेलीहरुको भावनात्मक एकता र आपसी समन्वयमा योगदान पुयाउने सोच राखेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ