back

स्थानीय प्रशासनद्धारा विभिन्न ठाउँमा क्रफ्यु आदेश

वि.सं.२०७९ असार २५ शनिवार

591 

shares

कोलम्बो । श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले क्रफ्यु आदेश जारी गरेको छ ।

आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले क्रफ्यु आदेश जारी गरेको हो ।

स्थानीय समय अनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म क्रफ्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा क्रफ्यु आदेश जारी गरिएको हो ।

क्रफ्यु अन्तर्गतका नियमहरूलाई कडाइका साथ पालना गराउन प्रहरीले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् । त्यसका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालित भएका छन् ।

क्रफ्यु आदेश लागू भएका क्षेत्रमा हिड्नु परेमा प्रहरी तथा सरकारी अधिकारीहरूको अनुमतिमा मात्रै हिड्न पाइने व्यवस्था गरिएको छ । अत्यावश्यक परेमा हिड्न पाइने पनि अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन हुन लागेको हो ।

श्रीलङ्काको गिर्जाघरले भने राष्ट्रपति राजापाक्ष र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको राजीनामा माग गरेको छ ।

उनीहरुले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्य बृद्धि न्युनिकरण गर्न नसकेकोले पदमा बसिरहनुको औचित्य नरहेको गिर्जाघरको भनाई छ ।

दुबै जना आफ्नो जिम्मेवारीमा असफल भएकाले उनीहरुले तत्काल राजीनामा दिनुपर्ने तर्क गरिएको छ । उनीहरुले राजीनामा दिएमा अर्को व्यक्तिले संकटको समाधान गर्ने विश्वास पनि व्यक्त गरिएको छ ।

गिर्जाघरको तर्फबाट जारी गरिएको वक्तव्यमा राष्ट्रपति र प्रधानमन्त्री दुबैले नैतिकताका आधारमा आफै राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ ।

श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनु परेको थियो । सिन्ह्वा

वि.सं.२०७९ असार २५ शनिवार १३:४७ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...