Logo
१५ माघ २०७९, आईतवार
     Sun Jan 29 2023
E-paper
  English Edition
   Unicode
Logo

एसइइ कप फुटसल भोलिदेखि, प्रतियोगितामा ३० टिम सहभागी हुने



काठमाडौं । प्रथम एन्जल्स एसइइ कप छात्र फुटसल प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता एन्जल्स हार्ट कलेजको आयोजनामा मंगलबारदेखि हुने भएको हो ।

प्रतियोगितामा ३० टिमको सहभागिता रहने एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । अध्यक्ष पुनले क्रिकेट, भलिबल, बास्केटबल र एथलेटिक्स प्रतियोगिता आयोजना गर्दै आएकोमा एन्जल्स हार्टले पहिलो पटक फुटसल आयोजना गर्न लागेको बताए ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । साथै एन्जल्समा प्लस टु अध्ययन गर्न चाहेमा पहिलो हुनेलाई १०० प्रतिशत, दोश्रोलाई ७५ प्रतिशत र सहभागीलाई ३५ प्रतिशत छात्रवृत्ति पनि प्रदान गरी एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले जानकारी दिए ।

चारदिने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको ए वान फुटसलमा हुनेछ । पत्रकार सम्मेलनमा तार्केश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, प्रा.डा. लोकेन्द्र शेरचन, प्रोफेसर श्यामकृष्ण विष्ट, एन्जल्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष खिम थापालगायतको उपस्थिति थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले बतास समुहको बी मेनेजमेन्ट सहित १२ कम्पनीलाई कालो

काठमाडौं । राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनभित्र किचलो सुरु भएको छ । गठबन्धनको मुख्य

काठमाडौँ । नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको