Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

एमालेको तर्क : पार्टी फुटेपनि एमालेको पक्षमा जनमत बढ्यो



फाइल

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो पक्षमा जनमत बढेको विश्लेषण गरेको छ । केन्द्रीय सचिवालयको नवौं र दसौं बैठकको निर्णयबारे जानकारी गराउन जारी गरिएको अन्तरपार्टी निर्देशन–४ मा एमालेले यस्तो विश्लेषण गरेको हो ।

एमालेले स्थानीय निर्वाचनमा कुल मतको ३४ प्रतिशत मत प्राप्त गरेको दाबी गरेको छ । एमालेको विश्लेषणअनुसार अघिल्लो चुनाव २०७४ को भन्दा यो मत १ प्रतिशतले बृद्धि हो ।

मत संख्याका हिसाबले एमालेले अघिल्लो निर्वाचनको तुलनामा २१.८ प्रतिशतले मत बृद्धि गरेको दाबी गरेको छ । अन्तरपार्टी निर्देशनमा दाबी गरिएअुनसार एमालेको पक्षमा ६ लाख ८१ हजार २५४ मत बृद्धि भएको छ ।

एमालेले नेपाली कांग्रेस जनमतका हिसाबले दोस्रो पार्टी नै भएको दाबी गरेको छ । ०७४ मा ३२.९ प्रतिशत मत पाएको कांग्रेसले यस निर्वाचनमा पनि ३३.३ प्रतिशत मत पाएको एमालेको दाबी छ । जुन एमालेको भन्दा झण्डै एक प्रतिशतले बढी हो । एमालेले कांग्रेसले मतसंख्या बढाएको पनि निष्कर्ष निकालेको छ । अघिल्लो निर्वाचनभन्दा कांग्रेसले ६ लाख १९ हजार १०५ मत संख्या बढाएको छ ।

एमालेको विश्लेषणअनुसार माओवादी केन्द्रको जनमत निकै खस्केको छ । एमाले र कांग्रेसले पाएको जनमतका आधारमा माओवादी निकै कमजोर रहेको विश्लेषण एमालेको छ ।

अघिल्लो निर्वाचनको भन्दा माओवादीको पक्षमा ५ प्रतिशत मत घटेको एमालेको दाबी छ । एमालेको विश्लेषणअनुसार माओवादीले कुल मतको १२ प्रतिशत मात्रै मत पाएको छ । एमाले र कांग्रेसको पक्षमा मत संख्या बढ्दा माओवादीको पक्षमा मतसंख्या १७ प्रतिशतले घटेको एमालेको दाबी छ ।

आफ्नो पार्टी विभाजित भएर बनेको एसको पक्षमा खास जनमत नदेखिएको एमालेको बुझाई छ । एसले कुल मतको जम्मा ४ प्रतिशत मात्रै पाएको एमालेको निष्कर्ष छ । जसपा र राप्रपाको भने जनमत बढेको एमालेको दाबी छ ।

कांग्रेसले १३५ पालिकामा मात्रै एक्लै प्रतिस्पर्धा गर्‍याे

कांग्रेसले गठबन्धनको साहारमा मात्रै जितेको तर्क एमालेले गरेको छ । कांग्रेसले १३५ पालिकामा मात्र एक्लै चुनाव लडेको र बाँकी ठाउँमा गठबन्धन बनाएर एमालेसँग प्रतिस्पर्धा गरेको एमालेको विश्लेषण छ । ३०७ पालिकामा कांग्रेसले आफूलाई सहज हुने एक वा एकभन्दा बढी दलसँग आंशिक गठबन्धन बनाएको र एमाले बलियो भएका ३११ पालिकामा सबै दलको पूर्ण या महागठबन्धन गरेको एमालेको दाबी छ ।

कुल विजयी सिटमध्ये कांग्रेसले २० प्रतिशत मात्रै एकल प्रतिस्पर्धाबाट जित हात पारेको एमालेको दाबी छ । कांग्रेस महागठबन्धन गराउन सफल नभएको भए आफ्नो पार्टीले धेरै पालिका जित्ने दाबी एमालेको छ ।

एमालेले माओवादी र एकीकृत समाजवादी जसरी पनि एमालेलाई हराउ भन्ने अभियानमा लागेको तर्क गरेको छ ।

७ सय ५३ स्थानीय तहमध्ये कांग्रेसले ३ सय २९, एमालेले २ सय ६, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ र अन्य उम्मेदावारले ३१ पालिकाको नेतृत्व जितेका छन् । पालिका नेतृत्वको हिसाबले कांग्रेसले ४३.७ जित्दा एमाले २७.३५ प्रतिशत जितेको छ ।

यस्ताे छ एमालेकाे अपानि


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको