काठमाडौं । एभरेष्ट बैंकले असार ३१ गते बुक क्लोज गर्ने भएको छ । बैंकले अग्राधिकार शेयरको लाभांश वितरणको लागि असार ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
अग्राधिकार शेयरधनीलाई लाभांश वितरणको लागि बुक क्लोजको मिति तय गरेको हाे । बैंकले अग्राधिकार शेयरधनीलाई हरेक वर्ष ७ प्रतिशत नगद लाभांश प्रदान गर्दै आएको छ ।
बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण पत्रको दफा ५.५(छ)मा उल्लेख भए बमोजिम सो शेयरबाट हरेक वषै ७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने भएकोले सो प्रयोजनको लागि सो अग्राधिकार शेयरको अन्तिम कारोबार यहि असार ३१ गते रहने बैंकले उल्लेख गरेको छ ।
वि.सं.२०७९ असार २८ मंगलवार १५:५२ मा प्रकाशित



























