back

कांग्रेस केन्द्रीय समिति बैठकः मर्यादाक्रम नमिलेको भन्दै प्रदेश सभापतिहरुको लिखित आपत्ति

वि.सं.२०७९ असार २८ मंगलवार

651 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा प्रदेशसभापतिहरुले मर्यादाक्रम नमिलेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबारदेखि जारी केन्द्रीय समिति बैठकमा सातै प्रदेशका सभापतिहरूले छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारेर केन्द्रीय बैठकमा पेस गरेका छन् ।

बैठकमा प्रस्तुत भएको मर्यादमाक्रम सम्बन्धी प्रस्तावमा उनीहरुले आफुहरुको मर्यादाक्रम घटाईको भन्दै आपत्ति जनाएका हु्न् ।

बैठकमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश सभापतिको मर्यादाक्रम ११ नम्बरमा पुर्याइएकोमा आपत्ति जनाउँदै आफुहरु केन्द्रीय सदस्यभन्दा माथि रहेको भन्दै सभापति पछि आफूहरुको मर्यादाक्रम राखिनुपर्ने माग राखेका हुन् ।

बैठकमा पेश गरिएको मर्यादाक्रम अनुसार पहिलो नम्बरमाा केन्द्रीय सभापति, दोस्रोमा पूर्वकेन्द्रीय सभापति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा पूर्वप्रधानमन्त्री, पाँचौँमा संसदीय दलका नेता, छैटौँमा केन्द्रीय पदाधिकारी तथा सातौँमा संसदीय दलका पूर्वनेता, आठौंमा केन्द्रीय पदाधिकारी, नवौँमा केन्द्रीय सदस्य र दशौँमा राष्ट्रियसभा दलका नेता र एघारौँ नम्बरमा प्रदेश सभापतिलाई राखिएको छ ।

 

वि.सं.२०७९ असार २८ मंगलवार १६:५३ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...