back
CTIZAN AD

नेप्सेमा सुचीकृत भयो दोर्दी खोलाको शेयर

वि.सं.२०७९ असार २९ बुधवार

837 

shares

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचीकृत भएको छ । आज (असार २९ गते) कम्पनीको १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।

कम्पनीको शेयर आज सुचीकृत भएसंगै भोली बिहिबारबाट नेप्सेमा कम्पनीको कारोबार सुचारु हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०२.३९ रुपैयाँदेखि ३०७.१७ रुपैयाँसम्मको रेन्ज तोकेको छ ।

उक्त रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । बिहिबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको डीओआरडीआई सिम्बलबाट कारोबार हुने छ ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गते गतेसम्म सर्बसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको थियो भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २० लाख १९ हजार ८ सय ६९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सर्वसाधारणका लागि दोर्दीखोलाको आईपीओ बिक्रि खुला

वि.सं.२०७९ असार २९ बुधवार १४:४६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...