back
CTIZAN AD

जिल्ला प्रशासन कार्यालयद्वारा बीमा कार्डको अनुगमन

वि.सं.२०७९ असार २९ बुधवार

717 

shares

खलङ्गा । स्वास्थ्य बीमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमा कार्डको अनुगमन गरेको छ । प्रतिष्ठानमा अर्काको नाममा रहेको बीमा कार्ड प्रयोग गर्नेको सङ्ख्या बढेको जनगुनासो आएपछि अनुगमन गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका जिल्ला संयोजक कमल रावतले जानकारी दिए ।

उनले भने,“प्रतिष्ठानको अनुगमनमा भर्ना भएका ९० प्रतिशत बिरामीले स्वास्थ्य बीमा कार्ड अनधिकृत रूपमा प्रयोग गरेको पाइएको छ ।” पहिलो पटक अनुगमन भएकोले धेरैलाई सचेतसमेत गराइएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका संयोजक रावतले जानकारी दिए ।

अर्काको नाममा प्रयोग भएका बीमा कार्डसमेत जफत भएको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल र सुरक्षा निकायलगायत स्वास्थ्य बीमा बोर्डका कर्मचारीको सहभागितामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन भएको थियो ।

जिल्लाभर करिब ६० हजार बढीले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड जुम्लाले जनाएको छ । जिल्लाका कतिपय स्थानीय तहले पालिकाभित्रका गरिब, एकल महिला र ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्क जस्ता कार्यक्रम लागू गरेका छन् ।रासस

वि.सं.२०७९ असार २९ बुधवार १५:०८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...