Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

सिप्रदीद्धारा लोकोन्याभ सार्वजनिक



काठमाडौं । सिप्रदी टे«डिङ्ग कम्पनीले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । कम्पनीका अनुसार लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो । जसले गाडीहरुलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पुर्याउछ । गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त भएकाे कम्पनीले जनाएकाे छ ।

कम्पनीले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धितव्यापारको क्षेत्रमा आफुलाई सशक्त ढंगले अगाडि बढाईरहेको जनाएको छ । कम्पनीका अनुसार लोकोन्याभले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ ।

कम्पनीका प्रमुखकार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले लोकोन्याभ प्लेटफर्ममार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमुल परिवर्तन गर्ने लक्ष्य राखेको बताए । यसैगरी लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ताले नेपाल जस्तो आर्थिक रुपमा उदियमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्घ रहेको बताए ।

लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो जुन विश्वका उदियमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित भएको बताइएको छ ।
विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी संचालनको प्रभावकारी व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको