
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार मन्कीपक्सलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने– छोटकरीमा भन्नुपर्दा, हामीसँग एउटा प्रकोप छ जुन प्रसारणको नयाँ मोडहरू मार्फत विश्वभर द्रुत गतिमा फैलिएको छ जुन हामीले अहिले धेरै कम बुझेका छौं र जुन अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको मापदण्ड पूरा गर्दछ ।’
उनले विश्वव्यापी मंकी पक्सको प्रकोप अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको बताउँदै सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको बताएका छन् ।
डब्लुएचओले मन्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेसँगै यो रोग थप फैलिन नदिन नागरिकहरू पनि सचेत हुन आवश्यक छ ।
आउनुहोस् जानौं नागरिक कसरी सचेत हुने त ?
-अल्कोहल–आधारित ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुहोस् या दिनमा धेरैपटक साबुन पानीले हात धुनुहोस् ।
-मंकि पोक्सबाट पीडित बिरामीसँग भाँडाकुँडा वा अन्य वस्तुहरू साझा नगर्नुहोस् ।
-मंकि पोक्सबाट पीडित व्यक्तिको दाग नछुनुहोस् ।
-मंकि पोक्स भएका व्यक्तिहरूको छालाबाट दूरी राख्नुहोस् ।
-मंकी पोक्स भएको वा बाँदरको संक्रमण जस्तै दाना भएको जो कोहीसँग पनि नजिक नजानुहोस् । साथै उनीहरुले प्रयोग गरेको कपडाहरु प्रयोगन नगर्नुहोस् ।
– विरामी रहेका या मरेका जनावरबाट टाढा रहनुहोस् किन की उनीहरुबाट पनि संक्रमण हुने सम्भावना रहन्छ । ऐजेन्सीको सहयोगमा