Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

कहाँ पुग्यो समाजवादी मोर्चा निर्माणको छलफल ?



काठमाडौं । सत्तामा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी र सत्ता बाहिरका वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान र बाबुराम भट्टराई नेतृत्वको समूहबीच प्रदेश र संघीय निर्वाचनका लागि समाजवादी मोर्चा बनाउने विषयमा भएको छलफल सहमति नजिक पुगेको छ । मोर्चा गठनमा सहमत दलहरु मोर्चाको संरचना र मोर्चाले लिने नीतिका विषयमा घनिभूत छलफलमा जुटेका छन् ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले बताएअनुसार केही दिनमै निर्णय लिने गरी दलहरुबीच छलफल चलिरहेको छ । “मोर्चा बनाउने विषयमा सबै सहमत भइसक्नु भो, अहिले मोर्चाको गठन, नीति र चुनाव चिन्हबारे छलफल चलिरहेको छ”, गजुरेलले भनेका छन् ।

नेता गजुरेलका अनुसार माओवादी केन्द्रको चुनाव चिन्ह नै मोर्चाको साझा चुनाव चिन्ह हुनसक्ने सम्भावना बढी छ । “चुनाव चिन्हको विषयमा विवाद होला जस्तो देखिन्न, हामीबीच कुन चुनाव चिन्ह स्थापित छ, त्यसैलाई मोर्चाको चुनाव बनाउनुपर्छ भन्ने छ”, उनले भनेका छन्, “सबैलाई थाहा भएकै विषय हो माओवादीको चुनाव चिन्ह नै सबैका निम्ति उपयुक्त हुन्छ ।”

मोर्चा गठन गरेपनि दलहरुले आगामी निर्वाचनमा कांग्रेससँगको तालमेल भने कायमै राख्ने तयारी गरेका छन् । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालका अनुसार मोर्चा गठन पछि दल होइन मोर्चाले कांग्रेससँग तालमेल गर्नेछ ।

“हामीले मोर्चा कांग्रेससँग गठबन्धन तोड्नलाई गठन गर्न खोजेका होइनौं”, भुसालले भनेका छन्, “मोर्चा बनेपछि मोर्चाले गठबन्धन बनाउने विषय छलफल अगाडि बढाउँछ ।”

अहिले मोर्चा गठनको विषयमा जसपाबाट बाहिरिएका बाबुराम भट्टराई पक्ष सहभागि छ । तर, भट्टराई पक्ष सहभागि भएसँगै दलहरुले यादव पक्षलाई भने वेवास्ता गरेका छन् । मोर्चा गठनको विषयमा भएका श्रृंखलाबद्ध छलफलमा यादव पक्ष सहभागि छैन ।

यता, सत्ता गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चालाई पनि मोर्चा गठनमा सहभागि बनाइएको छैन् । लोकतान्त्रिक गठबन्धनभन्दा वामपन्थी मोर्चा आवश्यक भएको बताउने जनमोर्चालाई नेताहरुलाई वेवास्ता गरेका छन् ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मोर्चा गठनमा आफुँलाई कुनै जानकारी नगराइएको बताए । उनका अनुसार जनमोर्चाले यसअघिदेखि वामपन्थीबीच मोर्चा हुनुपर्ने भनाइ राख्दै आएको थियो ।

यसअघि २०७४ मा भएको आमचुनावमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । आम चुनावपछि पार्टी एकता गर्नेगरि गरिएको गठबन्धनले निर्वाचनमा झण्डै दुई तिहाई स्थानमा जित हात पारेको थियो । तर, अहिले चुनावको प्रतिबद्धताअनुसार गठन गरिएको पार्टी एकीकृत स्वरुपमा छैन । तत्कालिन नेकपा विघटन भएर पुनः गठन भएको एमाले एकातिर छ भने अन्य दलहरु पुनः मोर्चा गठनको तयारीमा छन् ।

सम्बन्धित समाचार

समाजवादी केन्द्र बनाउने प्रयास : सके एकता, नसके मोर्चा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको