Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

साइमेक्स इंकले बढायो बीवाइडी इ सिक्स कारको मूल्य



काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादक कम्पनी बीवाइडी अटो इन्डष्ट्रिजको आधिकारीक वितरक साइमेक्स इंकले गाडीको मूल्य बढाएको छ ।

कम्पनीले विगत दुई महिनाअघि देखिनै गाडीको मूल्य समायोजन गर्नु पर्ने अवस्था आएपनि बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्न प्रयास गरेको जनाएको छ ।

सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर ९ डलरको मूल्य महंगो भएको कारण गाडीको मूल्य बढाउनु परेको कम्पनीको भनाई छ ।

कम्पनीले बीवाइडी इ सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेका छ । साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएको छ । पछिल्लो १५÷१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण मूल्य बढाउनु परेको साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले बताए । सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका भएका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउन सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको