Logo
९ आश्विन २०७९, आईतवार
     Sun Sep 25 2022
E-paper
  English Edition
   Unicode
Logo

आई.एम.ई लाइफद्वारा बिद्यार्थीलाई बीमा साक्षरता



काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथआई.एम.ई लाइफ इन्स्योरेन्स्ले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ ।

आई.एम.ई लाइफ इन्स्योरेन्स् स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो । आई.एम.ई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरताजागरण अभियान सञ्चालन गरिएको जानकारी दिए । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात गर्दै बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएको कम्पनीले जनाएको छ । ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको थियो । बीमा कम्पनीले एकैदिन ५८४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको यो पहिलोपटक भएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यकाअनुसार, विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो । इन्स्योरेन्सले पाँचौ वर्ष पुरा गरेको अवसरमा एकैदिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम, ५७१ जनाबाट वृहत् रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धनुषा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट वैचारिक संगठन नेपाल बुद्धिजीवी संगठनले आसन्न

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडाैं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५