Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

पब्लिक लिमिटेडमा रुपान्तरण हुने भयो बीमा संस्थान



काठमाडौं । राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको छ । आइतबार बसेको संघीय संसदको प्रतिनिधिसभाबाट बीमा विधेयक, २०७९ पारित भएसँगै बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको हो ।

राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बीमा विधेयक, २०७९ लागू हुने भएको छ । अन्य बीमा कम्पनीहरु बीमा ऐन, २०४९ अनुसार सञ्चालनमा रहेपनि एक मात्र राष्ट्रिय बीमा संस्थान बीमा विधेयक, २०२५ अनुसार सञ्चालनमा रहँदै आएको छ ।

तर, आइतबारको प्रतिनिधिसभाको बैठकले सो बीमा विधेयक खारेज गर्दै बीमा विधेयक, २०७९ लागू गर्न सर्वसम्मत निर्णय पारित गरेको हो । योसँगै अब राष्ट्रिय सभाबाट सो विधेयक पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई लागू हुनेछ । विधेयक पारित भएसँगै विधेयकमा भएको व्यवस्था अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्र पब्लिक लिमिटेडमा रुपान्तरण हुनुपर्नेछ ।


-->

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज