काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ ।
बैंकले शनिबार उक्त स्थानमा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको हो । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने बताएका थिए ।
बैंकमा हालसम्म करिब १२ लाख आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको जनाएको छ ।
वि.सं.२०७९ साउन ३० सोमवार ०७:५९ मा प्रकाशित






























