back
CTIZAN AD

नबिल बैंकको डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

वि.सं.२०७९ साउन ३० सोमवार

558 

shares

काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ तथा वित्तीय साक्षरता प्रवद्र्धनमा केन्द्रीत रहेको थियो ।

बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुविधाहरुको बारेमा विशेष प्रस्तुती दिएको थियो ।

ललितपुर महानगरपालिका वडा न. २१ खोकनाका वडा सदस्यहरू, स्थानीय गुठी, आमा समूह र सहकारीका प्रतिनिधिहरू, किसान तथा उद्यमीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट नबिल बैंक बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ, फुलचोकी क्लस्टर प्रमुख अमित केसी, र खोकना शाखा प्रबन्धक रोशन न्यौपानेको समेत उपस्थिति थियो ।

कार्यक्रममा विशेष वक्ताको रुपमा सम्बोधन गर्दै नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

त्यस्तै ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रबिन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यवाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसँग हातेमालो गर्ने बताए । कार्यक्रमको समापन गर्दै नबिल बैंक प्रादेशिक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रबर्धनमा नबिल बैंक स्थानीय निकायसँग सहकार्य गर्न सधै तत्पर रहेको बताए ।

 

वि.सं.२०७९ साउन ३० सोमवार ०८:०० मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...