back

बाबुरामको दुर्दशा: बनाएका जति भत्काए, अनि पुरानैमा फर्किए

वि.सं.२०७९ साउन ३० सोमवार

108 

shares
NTC AD
Global IME AD

काठमाडौं । “संविधान जारीसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ, नयाँ युगका लागि नयाँ ढंगको पार्टीको खाँचो हुन्छ, अब नयाँ युगका लागि नयाँ विचार, शैली र नेतृत्व चाहिन्छ, माओवादी पुरानो भइसक्यो, यसको औचित्य सकिइसक्यो”, तत्कालिन एकीकृत माओवादीबाट राजीनामा दिँदै गर्दा डा. बाबुराम भट्टराईले भनेका थिए ।

संविधान सभाबाट संविधान जारी भए लगत्तै २०७२ असोज ९ डा. भट्टराईले माओवादी परित्याग गरेका थिए । माओवादी परित्याग गरेसँगै वैकल्पिक शक्ति निर्माणको अभियान चलाएका भट्टराईले २०७३ जेठ ३० मा दशरथ रंगशालामा भव्य कार्यक्रम गरेर नयाँ शक्ति नामको पार्टीको घोषणा गरेका थिए ।

नयाँ शक्तिको घोषणा यस मानेमा सामान्य थिएन कि उक्त दिनका सबै राष्ट्रिय दैनिक पत्रिका, टेलिभिजन र अनलाईन नयाँ शक्तिको विज्ञापनले रंगीएका थिए । सामान्य नभएको नयाँ शक्तिको घोषणा सभाको उद्घाटन गर्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, “नयाँ शक्तिले एमाले बाहेक अन्य दललाई धक्का दिन सक्छ ।”

तर, मूलधारका राजनीतिक शक्तिलाई “थोत्रा, पुरानो र भुक्ते” भएको संज्ञा दिँदै नयाँ शक्तिको निर्माण गरेपनि भट्टराई नेतृत्वको उक्त पार्टी एक वर्ष पनि राम्रोसँग टिक्क सकेन । भट्टराईलाई सबैजसो विश्वास पात्रले छोटो समयमै छाडेर गए ।

मूलधारका राजनीतिक दललाई धक्का दिने बाबुरामको योजना संसदीय अभ्यासमा पनि नराम्रोसँग पछारियो । २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्म आउँदा नयाँ शक्ति र भट्टराईको हैसियत उदागिंयो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा समेत भट्टराई कांग्रेससँग तालमेल गरेर चुनाव लडेका थिए ।

वैकल्पिक शक्तिको अभियान चलाएका भट्टराईले पार्टी गठनको तीन वर्षमै तत्कालिन संघीय समाजवादी फोरमसँग एकता गर्न पुगे । भट्टराईले २०७६ वैशाख २३ मा समाजवादी फोरमसँग पार्टी एकता गराएका थिए । फोरमसँगको एकतापछि पार्टीको नाम समाजवादी पार्टी राखिएको थियो ।

समाजवादी गठनको एक वर्षमै २०७७ वैशाख १० मा अन्य मधेशवादी पार्टीहरुलाई मिलाएर जनता समाजवादी पार्टी (जसपा)को घोषणा गरिएको थियो । तर, जसपा पनि गठन भएको एक वर्षसमेत टिक्न सकेन । जसपाबाट बाहिरिएर महन्थ ठाकुर नेतृत्वले समूहले लोसपा गठन ग¥यो । अध्यादेशको साहारा लिँदै ठाकुर नेतृत्व समूहले २०७८ भदौ ५ मा लोसपालाई वैधानिक दिन सफल भएको थियो ।

ठाकुर समूह छुट्टिएको झण्डै वर्ष दिनमै पुनः भट्टराई नेतृत्वको समूह जसपाबाट अलग भएको छ । भट्टराईले गत असार २९ मा जसपाबाट अलग हुने औपचारिक निर्णय लिएका थिए ।

जसपाबाट अलग भएका भट्टराईले अहिले एकातिर निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी नामको दल दर्ता गराएका छन् भने अर्कोतिर माओवादी केन्द्रको गोलाकार हँसिया हतौडा चुनाव चिन्हबाट चुनाव लड्नेगरि तयारी गरेका छन् ।

अघोषितरूपमा माओवादीमा समाहित

भट्टराईले निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी नामको दल दर्ता गरेको भएपनि आगामी चुनाव माओवादीको चुनाव चिन्ह र घोषणापत्रलाई लिएर लड्ने छन् । पटक–पटकको वार्ता पछि साउन २९ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भट्टराईबीच पार्टी एकता गर्ने गरि उक्त विषयमा सहमति भएको थियो ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलका अनुसार निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमतिसहित भट्टराई तालमेलको निर्णयमा आएका हुन् । “अहिलेको सहमति भनेको माओवादीकै चुनाव चिन्ह र घोषणापत्रलाई लिएर चुनाव लड्ने भन्ने छ, यसको अर्थ उहाँ (डा. बाबुराम भट्टराई) वामपन्थी आन्दोलनलाई आत्मसाथ गरेर अगाडि आइसक्नु भयो”, गजुरेलले भनेका छन्, “यति बुझ्नुस् निर्वाचन लगत्तै हामी एउटै पार्टीमा हुन्छौं ।”

भट्टराईले यसअघि पार्टीको नाम परिवर्तन गरेमा मात्रै माओवादीसँग एकता गर्न सक्ने बताउँदै आएका थिए । तर, भट्टराई नेतृत्वको समूहभित्रै माओवादीमा निःशर्त फर्किनुपर्ने आवाज बलियो हुन थालेपछि अन्ततः उनी पछिल्लो सहमतिमा आएका हुन् । जसको अर्थ माओवादी केन्द्रमै समाहित हुनु हो ।

वैकल्पिक नयाँ राजनीतिक शक्ति निर्माण गर्न भन्दै थालेको अभियानले संगठित आकारसमेत लिन नसक्दै भट्टराई पुरानै धारमा फर्किसकेका छन् । पछिल्लो सहमतिअनुसार “नयाँ घर बनाउने” भन्दै २०७२ असोज ९ माओवादीबाट बाहिरिएका भट्टराई सात वर्षमा फेरि उनी आफैंले भनेको “थोत्रो र मख्खिएको” घरमा फर्किएका छन् ।

कतिपय आलोचकले उनको फर्काइलाई “अति अवसरवाद”को संज्ञा पनि दिएका छन् भने कतिपयले “झुक्याउने खेलभन्दा पारदर्शी खेल उपयुक्त हुने” टिप्पणी गरेका छन् । तथापी, आर्किटेक्ट इन्जिनियर भट्टराईको यो असफलताले नेपाली राजनीति र नेतृत्वको कमजोर पक्षलाई भने उजागर गरेको छ ।

७ वर्षमा बाबुरामको उतारचढाव

२०७२ असोज ९ मा एकीकृत माओवादी परित्याग

२०७३ जेठ ३० मा नयाँ शक्ति घोषणा

२०७६ वैशाख २३ मा संघीय समाजवादी फोरमसँग एकता, समाजवादी पार्टी गठन

२०७७ वैशाख १० मा समाजवादी पार्टी र राजपाबीच एकता, जसपा गठन

२०७९ असार २९ मा जसपाबाट अलग, नेपाल समाजवादी पार्टी गठन

– २०७९ साउन २९ मा माओवादीसँग एकता गर्नेगरि तालमेलको सहमति

याे पनि….

चर्चामा गोरखा–२, अन्य दलले नसघाए बाबुरामको भविष्य के ?

वि.सं.२०७९ साउन ३० सोमवार १६:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

पाल्पाकी युवती हत्याका अभियुक्त सार्वजनिक

रामपुर (पाल्पा) । प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक...

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश

दी हेग (नेदरल्यान्ड) । नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले...

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

सवारी दुर्घटनाः सुदूरपश्चिममा ६ सय ७४ को मृत्यु

महेन्द्रनगर (कञ्चनपुर) । सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...