Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

कुँवर नेतृत्वको एनआरएनएले बनायो भट्टको नेतृत्वमा कतारमा तदर्थ समिति



कतार । बिनोद कुँवर नेतृत्वको एनआरएनएले सुरेश भट्टको नेतृत्वमा कतारमा तर्दथ समिति गठन गरेको छ ।

कतारको वक्रास्थित लक्की स्टार रेष्टुरेण्टको सभाहलमा अगस्त १२ मा सम्पन्न एक विशेष भेलाले एनआरएनए एनसिसी कतारको तदर्थ समिति गठन गरेको हो ।

मनोनित आइसिसी सदस्य सरिता चिलुवाल पोखरियाको सभापतित्व, आइसीसी सल्लाहकार धरम केसीको प्रमुख आतिथ्यता, आइसिसीका मानार्थ सदस्य आर सी पन्तको बिशेष आतिथ्यता तथा ध्रुबराज अधिकारीको संचालन रहेका उक्त भेलाले सुरेश भट्ट आश्रीनको अध्यक्षतामा सर्वसम्मतिमा २३ सदस्यीय तर्दथ समिति गठन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार घिमिरे, उपाध्यक्षमा सोम नाथ कँडेल र मोहम्मद कलम हुसेन खान, महिला उपाध्यक्षमा मञ्जु खनाल आचार्य, महासचिवमा ध्रुब राज अधिकारी, सचिवहरुमा पुष्प राज कोइराला, प्रेम नेपाल र रमेश पौडेल क्षेत्री, कोषाध्यक्षमा सुर्य नारायण सापकोटा, सह कोषाध्यक्षमा अब्दुल रहमान, युवा संयोजकमा हेम राज रिमाल रहेका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा राधाकृष्ण अधिकारी, रुप बिश्वकर्मा, अमित रिजाल, योगेन्द्र तामांङ, मुहसिन नासिर, प्रकाश बराल, प्रकाश यादव, लोक बहादुर बराल, अजय कुँवर,सबिना आचार्य र आरिक शेख रहेका छन् ।

यसरी गठन हुने एनसिसीहरूमा कतार मध्यपूर्बमा तेस्रो र बिश्वमा पांचौ बनेको छ । यसअघि साउदी अरब, ओमान, क्यानडा र क्रोयसियामा एनसिसीहरू गठन भैसकेका छन भने यो सिलसिला अरू धेरै देशहरूमा पनि जारी सल्लाहकार केसीले जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ