Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

आर्थिक वर्षको सुरुवातमै बैंकहरुको निक्षेप ओरालो



काठमाडौं । आर्थिक वर्षको सुरुवातमै बैंकहरुको निक्षेप लगातार घट्न थालेको छ । बैंकहरुको निक्षेप साउनको चौथो सातामा ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ ।

नेपाल बैंकर्स संघका अनुसार गत आवको अन्तिम सातामा बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको निक्षेप रकम थियो । हालसम्म आइपुग्दा बैंकहरुको निक्षेप १ खर्ब २० अर्ब रुपैयाँले घटीसकेको छ । साउनको तेश्रो सातामा बैंकहरुमा ४४ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको निक्षेप थियो । गत एक सातामा मात्रै २५ खर्ब रुपैयाँले निक्षेप घटेको बैंकर्स संघले जानकारी दिएको छ ।

संघका अनुसार कर्जा रकम भने पछिल्लो तीन सातादेखि निरन्तर बढीरहेको छ । साउनको दोश्रो सातामा ४१ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरुले साउनको चौथो सातासम्ममा ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । त्यस्तै, एक सातामा यस्तो लगानी ९ अर्ब रुपैयाँले बढेको छ ।

कर्जा लगानीबढेसँगै बैंकहरुको सीडि रेसियो पनि बढेको छ । अघिल्लो साता ८७.६९ प्रतिशत रहेको उक्त रेसियो यो साता बढेर ८८.३५ प्रतिशत पुगेको संघले जानकारी गराएको छ । यो तथ्याङ्क गत बिहिबारसम्मको हो ।


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा