Logo
९ आश्विन २०७९, आईतवार
     Sun Sep 25 2022
E-paper
  English Edition
   Unicode
Logo

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मानसरोवर रिसोर्टमा एकमुष्ठ छुट



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा एकमुष्ठ छुट पाउने भएका छन् । रिसोर्टमा बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुले १०% छुट पाउने भएका हुन् ।

बैंक र रिसोर्टबिच बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् बैंकका ग्राहकहरुले रिसोर्टमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०%को छुट पाउनेछन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ । रिसोटले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

बैंकले हाल १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धनुषा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले

काठमाडौं । एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै पुरानो खाता भएका वा नयाँ खाता

काठमाडाैं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५