Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

सलमान रूश्दीको आक्रमणकारीसँग आफ्नो देशको सम्बन्ध नरहेको इरानकोे दाबी



तेहरान । इरानले विश्व प्रसिद्ध लेखक सलमान रूश्दीमाथि अमेरिकामा छुरा प्रहार गर्ने आक्रमणकारीसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले पत्रकार सम्मेलनमा भारतीय मूलका उपन्यासकार रूश्दीको छुरा प्रहार र इस्लामिक गणतन्त्र इरानबीच कुनै सम्बन्ध नरहेको बताएका छन् ।

आफ्नो पुस्तक ‘द स्याटेनिक भर्सेज’का कारण ज्यान मार्ने धम्की खेपिरहेका रूश्दीलाई गत साता पश्चिमी न्यूयोर्क राज्यमा एक कार्यक्रमस्थलमा छुरा प्रहार गरिएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायत विश्वका कैयौँ नेताले घटनाको निन्दा गरेका छन् ।

सन् १९८१ मा आफ्नो उपन्यास ’मिडनाइट्स चिल्ड्रेन’ बाट चर्चा कमाएका भारतीय मूलका बेलायती उपन्यास तथा निबन्धकार रूश्दीलाई आक्रमणपछि तत्काल हेलिकोप्टरमार्फत अस्पताल लगी उपचार गरिएको थियो ।

सन् १९८८ मा प्रकाशित उनको पुस्तक ’द स्याटानिक भर्सेज’ले मुसलमान समुदाय र प्रोफेट मोहम्मदको अपमान गरेको भन्दै तत्कालीन इरानी नेता अयातुल्ला रुहोल्ला खोमेनीले उनीविरूद्ध फतवा जारी गरेपछि निजी सुरक्षाका कारण उनले लामो समयसम्म भूमिगत जीवन बिताएका थिए ।

शनिबार न्युयोर्क राज्यमा एक साहित्यक कार्यक्रमका क्रममा छुरा प्रहार भएपछि घाइते रूश्दीलाई तत्काल भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । अहिले उनलाई भेन्टिलेटरको सहायता बिना नै उपचार भइरहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ । (रासस÷सिन्ह्वा)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ