Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

बाबुरामसँगै वामदेव पनि माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको छ। मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

“राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम र बाबुराम भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो”, महराले बैठकपछि सञ्चारकर्मीसँग भने, “त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्यौं।”

पत्रकारसँग कुरा गर्दै माओवादी प्रवक्ता महराले वामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने जानकारी दिए । एउटै चुनाव चिन्हबाट सहभागी हुनेबारे मंगलबारै निर्वाचन आयोगमा पुगेर जानकारी गराइने उनले जानकारी दिए ।

माओवादीको स्थायी समिति बैठक भोलि बुधबार बिहान ८ बजे फेरि बस्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको