back

आई.एम.ई लाइफ इन्स्योरेन्सद्धारा एकैदिन ५८सय भन्दा बढी विद्यार्थीलाई बीमा साक्षरता

वि.सं.२०७९ साउन ३१ मंगलवार

213 

shares
NTC AD
Global IME AD

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सले बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ एकैदिन ५ हजार ८  सय ४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको छ । कम्पनीले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको हो ।

इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको पाँचौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको जनाएको छ । नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसातगर्दै बीमा साक्षरताजागरण अभियान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

कम्पनीका अनुसार मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए । ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको थियो । बीमा कम्पनीले एकैदिन ५ हजार ८ सय ४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवतःयो पहिलो पटक हो ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यकाअनुसार, विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो ।

कम्पनीले पाँचौ वर्ष पुरा गरेको अवसरमा एकैदिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम, ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।

आइएमईले ल्यायो ‘घण्टी बज्यो’ अफर, स्मार्ट फोन जित्ने अवसर

वि.सं.२०७९ साउन ३१ मंगलवार १३:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

  चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई...

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको...