Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

बीमा शुल्कमा शिखर सबैभन्दा अगाडि, कुन कम्पनीको अवस्था कस्तो ?



काठमाडौं । गत आर्थिक वर्षभित्र २० निर्जीवन बीमा कम्पनीले झण्डै ४० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा कम्पनीको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा २० बीमा कम्पनीले ३९ अर्ब १६ करोड बढी बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा शुल्क आर्जन गर्नेमा सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स कम्पनी देखिएको छ । शिखरले एक वर्षको अवधिमा ५ अर्ब ९२ लाख बीमा शुल्क आर्जन गरेको छ ।

शेखर पछि धेरै बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा इन्स्योरेन्स र नेको इन्स्योरेन्स छन् । उनीहरुले क्रमशः ३ अर्ब १० करोड र २ अर्ब ८५ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनी बीमा शुल्क आर्जन गर्नेमा चौथोमा देखिएको छ । कम्पनीले एक वर्षको अवधिमा २ अर्ब ६३ करोड ७२ लाख बीमा शुल्क आर्जन गरेको छ ।

कुन कम्पनीले बीमा शुल्क आम्दानी कति ?

शिखर इन्स्योरेन्स – ५ अर्ब ९२ लाख

सगरमाथा इन्स्योरेन्स – ३ अर्ब १० करोड ६३ लाख

नेको इन्स्योरेन्स – २ अर्ब ८५ करोड ३८ लाख

राष्टिय बीमा कम्पनी – २ अर्ब ६३ करोड ७२ लाख

सिद्धार्थ इन्स्योरेन्स – २ अर्ब ६१ करोड ५३ लाख

एनएलजी इन्स्योरेन्स – २ अर्ब ३७ करोड ११ लाख

प्रमियर इन्स्योरेन्स – २ अर्ब १४ करोड ३२ लाख

हिमालयन इन्स्योरेन्स – २ अर्ब ६ करोड १५ लाख

आइएमई जनरल – १ अर्ब ७७ करोड ९ लाख

अजोड इन्स्योरेन्स – १ अर्ब ५४ करोड ८८ लाख

लुम्बिनी जनरल इन्स्योरेन्स – १ अर्ब ५८ करोड ४३ लाख

नेपाल इन्स्योरेन्स – १ अर्ब ५८ करोड १ लाख

यूनाइटेड इन्स्योरेन्स – १ अर्ब ५४ करोड ८८ लाख

दि ओरिएन्टल इन्स्योरेन्स – १ अर्ब ४४ करोड १९ लाख

प्रभु इन्स्योरेन्स – १ अर्ब ३५ करोड ७५ लाख

प्रूडेन्सियल इन्स्योरेन्स – १ अर्ब ३३ करोड ५३ लाख

एभरेष्ट जनरल इन्स्योरेन्स – १ अर्ब २२ करोड ३१ लाख

सानिमा जनरल इन्स्योरेन्स – १ अर्ब ४ करोड ४३ लाख

नेशनल इन्स्योरेन्स – ९० करोड ६६ लाख

जनरल इन्स्योरेन्स – ९० करोड १२ लाख


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ