Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क १७% ले वृद्धि



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा १७ प्रतिशतले वृद्धि भएको छ ।

बीमा समितिद्वारा जारी गत आवको वित्तीय विवरणमा कम्पनीको बीमा शुल्क बढेर १४ अर्ब २८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बीमा शुल्क १२ अर्ब ११ करोड रुपैयाँ थियो ।

आव २०७८/७९मा कम्पनीको खुद नाफा १.९१ प्रतिशतको वृद्धि छ । अघिल्लो बर्ष २०७७/७८ मा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आर्थिक वर्ष ४० करोड ८८ लाख आर्जन गरेको छ ।

त्यस्तै गत वर्ष कम्पनीले ५ अर्ब ७९ करोड ६७ लाख खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष दाबी भुक्तानी ३ अर्ब ९५ करोड ६४ लाख रुपैयाँ थियो । दाबी भुक्तानी पहिलेभन्दा ४६.५१ प्रतिशतले बढेको छ ।

चुक्ता पुँजी ४ अर्ब रहेको कम्पनीले गत अभिकर्ता कमिसनमा १ अर्ब ५२ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३३ लाख रुपैयाँ कमिसन खर्च गरेको हो । कमिसन खर्च १४ प्रतिशतले वृद्धि भएको छ ।

इन्स्योरेन्सले बीमालेख धितोमा राखेर प्रवाह गरेको कर्जाबाट ६३ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको जगेडा कोष भने अघिल्लो वर्षको भन्दा घटेको छ । गत आर्थिक वर्षमा कम्पनीको जगेडा कोषमा ६६ करोड ७१ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा कोषमा ८८ करोड २४ लाख थियो ।

कम्पनीको जीवनबीमा कोषमा ५१ अर्ब १५ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो वर्ष उक्त कोषमा ४२ अर्ब ४२ करोड रुपैयाँ थियो । गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी १०.१३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२५.१९ रुपैयाँ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ