Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगम के गर्ला ?



काठमाडाैं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको नेपाल आयल निगमले जनाएकाे छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले घटेर आएको छ ।

नेपाली बजारमा भने अहिले पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ तोकिएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि आयल निगमलाई भने घाटा नै हुने निगमका अधिकारीहरू बताउँछन् ।

नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई डिजेल र एलपीजी ग्यासको बिक्रीमा घाटा भएकाे निगम अधिकारीहरूकाे भनाइ छ । निगमले मासिक ६५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने बताइएको छ ।

घाटा भइरहेकाे देखाएकाे निगमले मूल्य घटाउने सम्भावना कम देखिन्छ । मूल्य समायाेजन नगरेयता याे तेस्राे पटक घटेकाे हाे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ